शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

स्याङ्गजा सहयोग समाज कतारद्वारा सहयोग रकम हस्तान्तरण

स्याङ्गजा सहयोग समाज कतारद्वारा सहयोग रकम हस्तान्तरण

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • शनिबार, अशोज २५, २०८२

  • 486
    Views
स्याङ्गजा सहयोग समाज कतारद्वारा सहयोग रकम हस्तान्तरण

दोहा कतार: स्याङ्गजा सहयोग समाज कतारद्वारा अमोर बालगृह फेदीखोला-१ स्याङ्गजालाई सहयोग रकम एक लाख नेपाली रुपैया हस्तान्तरण गरेको छ ! गत मई १६ तरिका २०२५ का दिन समाजले “२० औं वार्षिकोत्सव तथा एक्काईसौं स्थापना दिवस २०२५” अनाथ तथा असहाय बालबालिकाहरुको सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको पबित्र उद्देश्यलाई  पूर्णता दिदै उक्त रकम प्रदान गरेको हो । २५ आश्विन २०८२ तदनुसार ११ अक्टोबर २०२५, शनिबारका दिन समाजका बरिष्ठ उपाध्यक्ष शिवराम ढकालको अध्यक्षतामा एवंम् स्याङ्गजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिरेन्द्र जंघ के. सी. को  प्रमुख अथितिमा सोहि बालगृहको प्रांगणमा एक कार्यक्रम आयोजना गरि बालगृहका संचालिका कमला पराजुलीको हातमा नगद सहित प्रमाणपत्र प्रदान गरेको हो।

स्याङ्गजा जिल्लामा  एक मात्र रहेको बालगृहले हाल ४० जना अनाथ तथा असहाय बालबालिकाहरुको संरक्षण तथा सेवा गर्दै आएको छ। समाजका संरक्षक कमल न्यौपानेले मन्तब्यका क्रममा उक्त बालगृहमा रहेका मध्ये एकजनालाई भिषा, टिकट सहित बैदेशिक रोजगार दिने घोषणा गरेका छन्, भने आई सिसि (युरोप) उपाध्यक्ष मिन क्षेत्रिले  २०५०० (बिस हजार पाँच सय) नगद दिने प्रतिबद्धता गरेका छन्  ।कार्यक्रममा बोल्दै संचालिका पराजुलीले निमुखा नानिबाबुहरु को उज्ज्वल भविष्य निर्माण गर्नाका लागि समाजले गरेको सहायता प्रति हार्दिक आभार ब्यक्त गर्दै सम्पूर्ण स्याङ्गजा सहयोग समाज  परिवारलाई धन्यबाद व्यक्त गरिन । बिभिन्न काल-खण्डहरु मा मानवीय सहायता तथा परोपकारी संस्थाहरु लाई समाजले निरन्तर सहायता गर्दै आएको छ। गत बर्ष पनि राम्दीधाम बृद्आश्रमा लाई आर्थिक सहयोग गरेको समाजका अध्यक्ष घनश्याम जैसीले जानकारी दिएका छन् । समाजका संरक्षक भेषराज पराजुलीले सहजीकरण गरेको कार्यक्रममा संस्थापक अध्यक्ष राजेश दर्शन अर्याल लगायर बिभिन्न विशिष्ट व्यक्तिहरु को उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha