बुधबार, कार्तिक १२, २०८३ | October 28, 2026

सामुदायिक प्रहरी बिभागको सहकार्यमा एनसीसी कतारद्वारा सचेतना कार्यक्रम सम्पन्न

सामुदायिक प्रहरी बिभागको सहकार्यमा एनसीसी कतारद्वारा सचेतना कार्यक्रम सम्पन्न

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • आइतवार, भदौ २९, २०८२

  • 605
    Views
सामुदायिक प्रहरी बिभागको सहकार्यमा एनसीसी कतारद्वारा सचेतना कार्यक्रम सम्पन्न

दोहा कतार  :सामुदायिक प्रहरी बिभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। मिति १३ सेप्टेम्बर शनिबारका दिन बिन उम्रनमा अबस्थीत सिभिल डिफेन्सको सभाहलमा कतारमा स्थापित विभिन्न संघ सस्थाहरु का प्रतिनिधिहरु को उपस्थिति रहेको  उक्त कार्यक्रममा सामुदायिक प्रहरी बिभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैह,पहल तथा साझेदारी शाखाका अधिकृत प्रथम लेफ्टिनेन्ट अब्दुल अजिज अलमुहनाडी लगाएतका उच्च अधिकारिहरु एवंम् नेपाली राजदुतावास कतारका श्रम सहचारी प्रेम प्रसाद पोखरेलको उपस्थित रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै ड़ा ईब्रहीमले नेपाली समुदायद्वारा सहकार्य गरेको कार्यक्रममा पहिलो पटक सहभागी भै सामुदायिक प्रहरीका बारेमा, लागु-औषध ओसारपसार नियन्त्रण लगायत कानुन सम्बधित जनचेतना  समुदायलाई  प्रशिक्षित गराउदा पाउदा खुसि ब्यक्त गरे ।  नेपाली समुदायको तर्फ बाट उत्साहजनक उपस्थिति रहेको प्रशंसा गर्दै कार्यक्रममा नेपाली दुताबास तथा एनसीसी कतारलाई धन्यवाद ज्ञापन गरेका थिए । बिभागका अन्य उच्च अधिकारिहरु ले आप्रवाससी सम्बन्धि  कानूनी व्यवस्थाका बारे प्रकाश परेका थिए ।

नेपाली राजदूतावासका श्रम सहचारी पोखरेलले सम्बोधनका क्रममा महत्वपूर्ण सचेतना मुलक कार्यक्रम आयोजना गरि प्रशिक्षण प्रदान गर्ने अवसर प्रदान गरेकोमा सामुदायिक प्रहरी लाई हार्दीक कृतज्ञता प्रकट गर्दै, यस्ता सन्देशमुलक कार्यक्रमहरु आगामी दिनमा पनि आयोजना गर्ने अपेक्षा राख्दै, एनसीसी कतार लाई धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रमलाई  सहजीकरण तथा भाषा अनुवाद गर्दै जनसम्पर्क अधिकृत डाक्टर बहाउदीन हुदावीले कतारको भेषभूसा, रहनसहन, संस्कृतिका बारे जानकारी सहित प्रशिक्षण प्रदान गरेका थिए ।

 

 

नेपाली समुदायको तर्फ बाट गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष गिरीले भर्खरै नेपालमा भएको घटनाका बारे जानकारी दिदै आगामी कार्यक्रम अझै बृहत सहभागी हुने आशय ब्यक्त गरेका थिए । बिभाग प्रमुख लगायत अन्य उच्च अधिकारीलाई धन्यवाद ब्यक्त गर्दै कतारमा रहेका नेपाली तथा आम श्रमिक वर्ग विशेष गरि नेपाली समुदाय बिच यस्ता प्रभावकारी सचेतनाका विभिन्न कार्यक्रमहरुमा निरन्तर सहकार्य गर्ने, गृहमन्त्रालय द्वारा सम्प्रेषण गरिने सुचना तथा निर्देशनहरु आम श्रमिक माझ पुर्याउन एनसिसि कतार हरदम कोशिस रहने बताएका छन् ।


सम्बन्धित समाचार
अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने  लन्डन। बेलायतमा क्रियाशील गुल्मी जिल्ला समाज यूकेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताको सन्देश फैलाउने उद्देश्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ।  लेस्टरशायरको मार्केट हार्बरोमा आगामी ६ डिसेम्बर २०२६, आइतबार आयोजना हुने कार्यक्रममा सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र मौलिक परम्परालाई समेत प्राथमिकता दिइनेछ।  अपाङ्गता भएका व्यक्तिहरूको हकहित र समान अवसरका विषयलाई समाजमा स्थापित गर्न जनचेतना अभिवृद्धि गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। यस्ता गतिविधिले सामाजिक उत्तरदायित्वबोध बढाउनुका साथै समुदायमा सहयोग, सद्भाव र मानवीय संवेदनाको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।  कार्यक्रममा प्रथम गुल्मी नौमती बाजा समूहले विशेष सांगीतिक प्रस्तुति दिनेछ। नेपाली मौलिक संस्कृतिको पहिचानका रूपमा रहेको नौमती बाजाको प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक रौनक थप्ने विश्वास गरिएको छ।  दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा वयस्कका लागि ३० पाउन्ड र ६ देखि १४ वर्षसम्मका बालबालिकाका लागि १५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ। पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकले भने निःशुल्क प्रवेश पाउनेछन्। सहभागीका लागि खानाको व्यवस्था पनि प्रवेश शुल्कमै समावेश गरिएको छ।  समाजका प्रवक्ता सुरेश केसीले कार्यक्रमको समन्वय गरिरहेका छन्। समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमलाई सफल बनाउन बेलायतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा सामाजिक सेवामा रुचि राख्ने सबैलाई सहभागिताका लागि निमन्त्रणा गरेकी छन्।  सामाजिक सेवाको भावनालाई सामुदायिक एकता र नेपाली सांस्कृतिक पहिचानसँग जोड्ने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान र सहयोगको वातावरण निर्माण गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
ताजा अपडेट

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha