शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

साउदी अरबको हाफर अल बातिनमा पहिलो नेपाली भेला तथा एनआरएनए आरसीसी गठनको तयारी

साउदी अरबको हाफर अल बातिनमा पहिलो नेपाली भेला तथा एनआरएनए आरसीसी गठनको तयारी

  • Naveen Sanchar

  • बिहिबार, भदौ १९, २०८२

  • 195
    Views
साउदी अरबको हाफर अल बातिनमा पहिलो नेपाली भेला तथा एनआरएनए आरसीसी गठनको तयारी

नविन संचार, साउदी अरव

साउदी अरबको हाफर अल बातिन क्षेत्रमा पहिलो पटक नेपाली भेला तथा परिचयात्मक कार्यक्रम यही शुक्रबार, २०२५ सेप्टेम्बर ५ का दिन मध्याह्न १२:०० बजेबाट हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाको पहलमा आयोजना हुने उक्त कार्यक्रममा एनआरएनए क्षेत्रीय समन्वय समिति (आरसीसी) गठन गर्ने तयारी भएको आयोजकहरूले जनाएका छन्।

नेपाली साझा मञ्च साउदी अरेबियाका महासचिव राजु केसीले भने, “अहिलेसम्म हाफर अल बातिन क्षेत्रमा कुनै पनि नेपाली संस्था पूर्ण रूपमा सक्रिय नभएकाले नेपालीहरू स–साना समस्यामा अल्झिनुपर्ने अवस्था थियो। तर, आरसीसी गठन भएपछि आपतकालीन सहयोग र समस्या समाधानमा सहज हुनेछ।”

आयोजकहरूले यस भेलालाई नेपालीहरूको साझा समस्या समाधान र आपसी एकता मजबुत बनाउनको लागि महत्वपूर्ण कदमको रूपमा लिएका छन्। साथै, हाफर अल बातिन क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यसलाई सफल बनाउन आग्रह गरिएको छ ।।

कार्यक्रम विवरण:

  • मिति: शुक्रबार, २०२५ सेप्टेम्बर ५
  • समय: मध्याह्न १२:०० बजेबाट
  • स्थान: हाफर अल बातिन, साउदी अरेबिया


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha