शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

साउदीको ताबुक क्षेत्रबाट ठूलो संख्यामा रास्वपामा प्रवेश : परिवर्तनको लहर नयाँ उचाइमा

साउदीको ताबुक क्षेत्रबाट ठूलो संख्यामा रास्वपामा प्रवेश : परिवर्तनको लहर नयाँ उचाइमा

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शनिबार, भदौ १४, २०८२

  • 290
    Views
साउदीको ताबुक क्षेत्रबाट ठूलो संख्यामा रास्वपामा प्रवेश : परिवर्तनको लहर नयाँ उचाइमा

ताबुक (साउदी  अरव )नविन संचार

साउदी अरबमा कार्यरत नेपालीहरू अब केवल श्रम र पसिनामा सीमित छैनन्। उनीहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई भविष्यको दृष्टि र दिशा निर्धारण गर्ने महत्वपूर्ण शक्ति समेत बनेको प्रमाण प्रस्तुत गरिरहेका छन्।

यसै क्रममा, ताबुक क्षेत्रका नेपालीहरूले ठूलो संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामूहिक प्रवेश गर्दै इतिहास रचेका छन्। यो कदम प्रवास नेपाली समाजभित्र परिवर्तनप्रतिको आकर्षण र विश्वासको ठोस प्रमाणका रूपमा लिइएको छ।

विशेष रूपमा, ताबुक क्षेत्रमा यो ऐतिहासिक कदम सफल बनाउन अभियानका संयोजक नर बहादुर खतिवडाको सक्रियता, समन्वय र नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। त्यहाँका प्रतिष्ठित कम्पनीहरूमा कार्यरत विभिन्न बुद्धिजीवी तथा व्यवस्थापकहरूले समेत यस कदमको स्वागत गरेका छन्।

रास्वपामा प्रवेश गर्नेहरूले पार्टीले बोकेको “स्वच्छ राजनीति, जनमुखी सेवा र पारदर्शी नेतृत्व” प्रति आफ्नो आस्था प्रकट गर्दै, यी मूल्य–मान्यताले मुलुकमा समृद्धि र सुशासनको आधार निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा नेताहरूले भने:

“परिवर्तन अब रोकिँदैन। यो उत्साह, विश्वास र एकताको लहर प्रवास नेपाली समुदायबाट सुरु भई नेपालका प्रत्येक शहर, गाउँ, बस्ती र कुनाकप्चासम्म पुग्नेछ। विश्व समुदायलाई पनि परिवर्तनको सन्देश पुग्नेछ।”

रास्वपाको बढ्दो लोकप्रियता केवल नेपालको शहर क्षेत्रमा मात्र सीमित नभई, विदेशमा रहेका नेपाली समुदायमा पनि तीव्र गतिमा फैलिँदै गएको स्पष्ट देखिएको छ। ताबुक क्षेत्रबाट सुरु भएको यो कदमलाई विदेशमा रहेका नेपालीहरूको व्यापक समर्थन र विश्वासको संकेतका रूपमा लिइएको छ।

साउदी अरबको ताबुक क्षेत्रबाट भएको यस सामूहिक प्रवेशले रास्वपाको ऊर्जा, जनसमर्थन र भविष्यप्रतिको विश्वासलाई थप सबल बनाएको छ। परिवर्तनको यो लहर अब संसारभरका नेपालीहरूबीच फैलिँदै, नयाँ आशा र ऊर्जासहित अघि बढ्ने स्पष्ट सन्देश दिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha