शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

साउदी अरबमा श्रम वैधानिकीकरण अभियान औपचारिक रूपमा सुरु

साउदी अरबमा श्रम वैधानिकीकरण अभियान औपचारिक रूपमा सुरु

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शुक्रबार, साउन ३१, २०८२

  • 297
    Views
साउदी अरबमा श्रम वैधानिकीकरण अभियान औपचारिक रूपमा सुरु

रियाद – श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको प्रक्रिया शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

रियादस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा आठ वर्षदेखि साउदीमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिएर राजदूत डा. नरेशविक्रम ढकालले अभियानको शुभारम्भ गर्नुभयो।

भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृतिबिना विदेशमा रहेका श्रमिकलाई वैधानिकीकरण गर्ने दूतावासको पहल सराहनीय भएको बताउनुभयो। उहाँका अनुसार, श्रम स्वीकृति नहुँदा स्वदेश फर्कन र वैदेशिक रोजगार बोर्डको सेवा पाउन श्रमिकलाई कठिनाइ हुने भएकाले यो अभियान थालिएको हो।

राजदूत डा. ढकालले श्रम वैधानिकीकरणलाई अभियानकै रूपमा सञ्चालन गरिने बताउँदै विभिन्न संघसंस्थासँगको सहकार्य आवश्यक हुने उल्लेख गर्नुभयो। दूतावासका अनुसार सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि साउदी आएका नेपाली श्रमिकले आवश्यक कागजातसहित अनलाइनमार्फत श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha