बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

वैधानिक नेपाली श्रमिकलाई राहत — दूतावासमार्फत श्रम स्वीकृति नवीकरण

वैधानिक नेपाली श्रमिकलाई राहत — दूतावासमार्फत श्रम स्वीकृति नवीकरण

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • बिहिबार, साउन ३०, २०८२

  • 172
    Views
वैधानिक नेपाली श्रमिकलाई राहत — दूतावासमार्फत श्रम स्वीकृति नवीकरण

रियाद, साउदी अरब — साउदी अरेबियामा कार्यरत लाखौँ नेपाली श्रमिकका लागि वैधानिकीकरण (श्रम स्वीकृति नवीकरण) अब नेपाल फर्किनु बिना नै दूतावासमार्फत अनलाइनबाट गर्न सकिने भएको छ।

नेपाली राजदूतावास, रियादका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नयाँ कार्यविधिअनुसार यो ऐतिहासिक सेवा साउन ३० गते (शुक्रबार) बिहान ११:०० बजे औपचारिक रूपमा सुरु हुनेछ।

नयाँ व्यवस्थाले श्रम स्वीकृतिको म्याद सकिएर पनि कानुनी रूपमा कार्यरत तर नेपाल फर्कन नसकेका हजारौँ श्रमिकलाई प्रत्यक्ष लाभ पुग्नेछ। सप्टेम्बर ३०, २०२४ भन्दा अघि नै साउदीमा वैधानिक रूपमा कार्यरत श्रमिकहरू यस प्रक्रियामा सहभागी हुन योग्य हुनेछन ।

श्रमिकले वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन प्रणालीमा फाराम भरी राहदानी, वैध अकामा, नेपालमा गरिएको म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम भुक्तानी प्रमाणपत्र, हाल कार्यरत कम्पनीसँगको करार सम्झौता लगायतका कागजात अपलोड गर्नुपर्नेछ।

दूतावासले कागजातको प्रमाणीकरण गरेपछि आवेदकको जैविक विवरण (फोटो, आइरिस स्क्यान, औँठाछाप) संकलन गरिनेछ। अपुग वा अस्पष्ट कागजात भएमा आवेदन अस्वीकृत गरिने र पुनः पेस गर्न निर्देशन दिइनेछ।

दूतावासले यो कदमले समय, खर्च र कानुनी जोखिम दुवैबाट श्रमिकलाई बचाउने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha