शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाईलो तिज कार्यक्रम २०२५”तयारी अन्तिम अबस्थामा ।

नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाईलो तिज कार्यक्रम २०२५”तयारी अन्तिम अबस्थामा ।

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • सोमवार, साउन २७, २०८२

  • 373
    Views
नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाईलो तिज कार्यक्रम २०२५”तयारी अन्तिम अबस्थामा ।

दोहा कतार:नेपाली महिलाहरु को महान पर्ब हरितालिका अर्थात् तिजका अवसरमा यहि आउदो अगस्ट २२ तारिख बिहान ११:४५ बजे देखि ट्युनिसियन स्कुल अल लक्ता सभाहलमा नेपाली महिला समाज कतारले “रमाईलो तिज सचेतना तथा विविध साँस्कृतिक कार्यक्रम २०२५” आयोजना गरेको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि नेपालबाट अथिति कलाकारहरु चर्चित लोक तथा दोहोरी गायिकाहरु टीका पुन र रेजिना परियारलाई आमन्त्रणा गरेको छ । साथमा कतारवासी कलाकारहरुको साँस्कृतिक प्रस्तुति सहित शुभकामना आदान-प्रदान गरि सो पर्व मनाउन लागेको हो। विशेषता तिजको दिनमा महिलाहरु ले व्रत बसी नाजगान तथा पुजा गर्ने र अघिल्लो दिन दरका रुपमा मिठो मसिनो खाने चलन रही आएको छ । समाजले परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै सम्झना,घर देशको जस्तै स्मरण बनाउन र कोहि चेलीबेटीलाई परदेशमा पनि घर-देशको न्यास्रो नहोस,भन्नका लागि एकै स्थानमा भेला गराई हरितालिका तिज पर्व मनाउने र ‘दर’ समेत खुलाउने कार्यक्रम रहेको छ ।

कतारमा स्थापित संस्थाहरुमा एक मात्र महिलाहरु को साझा संस्था रहेको नेपाली महिला समाज कतारले महिला सम्बद्ध पर्बहरु लाई विशेषता कतारमा पनि भब्य रुपमा मनाउने गरेको छ । नेपाली कला सस्कृतीलाई जोगाउदै, नेपालबाट आमन्त्रित अथिति कलाकारहरु को साथमा कतारमा रहनु भएका विभिन्न कार्यक्रमहरुमा उत्कृष्ट कला देखाउदै आइरहेका कलाकारहरुको विशेष तीजमय साँस्कृतिक कार्यक्रम साथमा सचेतना सम्बन्धि पनि कार्यक्रम रहेको समाजकि महासचिव मेनुका खतिवडा (भण्डारी) ले जानकारि गराईन । कार्यक्रममा महिला दिदि बहिनिहरु का लागि प्रवेश निशुल्क रहेको छ,भने पुरुषहरु का लागि ३० कतारी रियल सशुल्क राखिएको छ । बिभिन्न स्थानहरु वाट चेलीबेटीहरु लाई सहजाताका लागि यातायातको समेत व्यवस्था रहेको र कार्यक्रमको तयारि अन्तिम अबस्थामा पुगेको कार्यक्रम संयोजक सन्ध्या अर्यालले जानकारी दिएकी छन् ।उक्त कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक तथा सामाजिक संघ संस्था प्रमुखहरु,पत्रकार ,ब्यवसायी,कलाकार तथा साहित्यकारहरु,साथै कतारबासी सम्पुर्ण दाजुभाई तथा दिदि बहिनिहरुमा उपस्थितीको लागि समाजकि अध्यक्ष लोक माया के.सी.(माया) ले अनुरोध गरेकी छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha