
दोहा कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारले गत ८ अगस्ट २०२५ शुक्रबारका दिन अलथुमामा अवस्थित द अट्रिएम सभाहलमा पाँच विधामा सुरक्षा सचेतना एवम् व्यक्तित्व विकास कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश मातहतका जिल्ला सस्थाहरुको सह-आयोजक र नेपाली रक्तदाता संघ र जीवन विज्ञान कतारसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सुरुवातमा राष्ट्रिय गान, मौन धारण सहित दियो बालेर उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तब्य मार्फत बरिष्ठ उपाध्यक्ष रोशन अर्यालले उपस्थिति सम्पूर्णलाई स्वागत गरेका थिए। कार्यक्रममा निकै कम बक्ताहरु राखिएको थियो भने,गण्डकी प्रदेशले हरेक कार्यक्रमहरु गर्दा नयाँ नयाँ ढाँचाबाट संचालन गर्ने गरेको पाईन्छ ।
श्रम तथा सामाजिक सुरक्षा कोष सम्बन्धी कोषकी सहायक निर्देशक राधिका निरौलाले नेपालबाट भर्चुअल माध्यम मार्फत ब्याख्या गरेकी थिईन । पछिल्लो ६ महिनामा ३ महिनाको योगदान गरेका व्यक्तिका परिवारहरूले समेत स्वास्थ्य सम्बन्धी सुविधा लिन सक्ने, एक महिनाको मात्रै कोषमा जम्मा गरेको भए ३२ ईन्च सम्मको टीभी भन्सार छुट हुने, हालै नेपालका निजि कम्पनिहरु, संस्थाहरु, विजनेस हाउस लगायत अन्य विभिन्न संस्थानहरुमा सामाजिक सुरक्षा कोष माथि आकर्षण बढेको र अनिवार्य लागु गरेको समेत गरेको बताएकी छन् । पत्रकार अर्जुन पौडेल भौतिक रूपमै व्याख्या गर्दै सामाजिक सुरक्षा कोषलाई सामाजिक सहायता,बिमा र श्रम बजार हस्तक्षेपका रूपमा व्याख्या गरिएको बताए । अनौपचारिक,औपचारिक स्वरोजगारमा रहेको र वैदेशिक रोजगारीमा रहेका श्रमिक आबद्ध हुन सक्ने व्यवस्था कायम गरिएको उनले बताए ।
कार्यक्रममा कतारको कानुन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाली समाज प्रतिनिधि एवंम् कानुनी परामर्शदाता प्रो.मोहम्मद रमजान अलि मियाँले व्याख्या गरे । कतारमा कार्यरत कुनैपनि कामदारलाई केहि गुनासाहरु भएमा सम्बन्धित निकाय म्म पुराउने सहज माध्यमहरु का बारे जानकारी गराएका छन् । ट्राफिक नियमको पालना, नेपाली समुदायमा सडक दुर्घटना बड्दो क्रममा रहेकाले सजकता, चेक जांच बिना समानहरु नेपालदेखि ल्याउने, कानुन ले बर्जित गरेका क्रियाकलापहरु नगर्न जस्ता महत्वपूर्ण जानकारी तथा सजग गराए ।
स्वास्थ्य सुरक्षा तथा वातावरण सम्बन्धी विज्ञ विमल सुबेदीले कार्यस्थलमा,आवास तथा सामान्य आहार,बिहारमा ध्यान दिनुपर्ने, न्यूनतम सुरक्षाका लागि आपनाउनु पर्ने बारे बताए । योग तथा ध्यान सम्बन्धी गुरु रामजी खत्रीले हासी खुशी जीवन जिउने कला एवंम् सामान्य योगका ज्ञानका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । रेमिट्यान्स तथा बैंकिङ साक्षरता सम्बन्धी आइएमइ लिमिटेडका कतार प्रमुख हेमराज सुबेदी र नबिल बैंकका कन्ट्री म्यानेजर दीपेन्द्र पौड्यालले प्रशिक्षण प्रदान गरेका थिए । उनीहरूले वैधानिक माध्यम मार्फत रेमिटेन्स पठाउन आग्रह गरेका थिए । दोहामा निकै प्रख्यात साहित्यकार सिताराम थापाले कविता वाचन गरेका थिए । पछिल्लो समयमा दोहामा उनका कबिताहरु उत्कृष्ट रहेको र धेरै संख्यामा प्रशंसकहरु समेत रहेका छ ।
परिषद् कतारका संस्थापक अध्यक्ष आश बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा परिषद्का अध्यक्ष नन्दलाल बिक (अजय)को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बि.क.ले सिकाएका ज्ञान एक अर्कोलाई सिकाउन र बुझाउन आग्रह गरे। मुख अतिथि गुरुङले कार्यक्रम अत्यन्त उत्कृष्ट र फलदायी रहेको बताए । सहभागी सम्पूर्णलाई सहभागी प्रमाण पत्र प्रदान गरेको थियो । कार्यक्रमलाई महासचिव मन प्रसाद राना मगरले सहजीकरण गरेका थिए ।