मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको पहिलो बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको पहिलो बैठक सम्पन्न

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • शनिबार, साउन २५, २०८२

  • 517
    Views
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको पहिलो बैठक सम्पन्न

दोहा,कतार :गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद् कतारको पहिलो बैठक गत ८ अगस्ट शुक्रबार दोहा ओल्ड दरबारको सभाहलमा एनसीसी कतारका अध्यक्ष पदम गिरिको अध्यक्षतामा सम्पन्न भएको छ ।११ औं राष्ट्रिय अधिवेसन अगष्ट १ मा सपन्न भएको थियो, सोहि अधिवेसन मार्फत आगामी २०२५-२०२७ कार्यकालका लागि सर्बसहमतमा बनेको कार्यसमितिको पूर्ण बैठकमा ११ औं अधिवेसनको समिक्षा तथा प्रस्तावहरु माथि छलफल गरेर बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको एनसीसी कतारका महासचिव शिब भुजेलले जानकारी दिएका थिए ।

बैठकले आगामी २०२५-२०२७ कार्यकालका लागि प्रमुख सल्लाहकार केशव कार्कीलाई मनोनित गरको छ,११ औं राष्ट्रिय अधिवेसन समितिका संयोजक समेत रहेका कार्कीले सफलता पुर्बक आफ्नो जिम्मेवारीलाई पुरा गरेको र विधिवत सर्बसहमत नया कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गर्दै, अझैँ गहन जिम्मेवारी बढेको भन्दै, एनसीसी कतारको नयाँ कार्यसमितिले उत्कृष्ट कार्यहरु,सफलता पुर्बक सम्पादन गर्नेछ, भन्ने आफु बिश्वस्त रहेको बताए ।नयाँ संसोधन गरिएको बिधानमा प्रावधान भए अनुसार आगामी कार्यकालका लागि एकराज कटुवाल “दिनेश” लाई प्रबक्तामा मनोनित गरेको छ । नयाँ बनेको कार्यसमितिलाई पूर्णता दिनका लागि बाकि रहेका कार्यसमिति सदस्यहरु समावेशिका अधारमा बिधानता थप आठ जनालाई सदस्यमा मनोनित गरेको छ । मनोनित हुने सदस्यहरु भेष गुरुङ, सुश्री सबिता घिसिङ, हैदर अलि, शेख ताब्रेज, डोलेन्द्र बि.क., मनोज कुमार चौधरी, बिल्टु महतो, प्रकाश बि.क.रहेका छन् ।

एनसीसी कतारको बिधानमा प्रावधान भए अनुसार कार्यसमितिबाट बिभिन्न बिभागहरु गठन गरि कार्यविभाजन गरेको छ । १. सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण बिभागका संयोजक रोशन अर्याल (प्रथम उपाध्यक्ष) सह-संयोजक युवराज पोखरेल(सदस्य)२. श्रमिक सचेतना परामर्श बिभाग संयोजक सुवास बहादुर थापा (द्वितीय उपाध्यक्ष) ३.संघ सस्था समन्वय बिभाग संयोजक लिला राई (तृतीय उपाध्यक्ष)सह संयोजक ईशिलाल पण्डित (सचिव) ४.सिप तथा क्षमता अभिबृद्धि बिभाग संयोजक राम कुमारी तामांग (महिला उपाध्यक्ष),५.सुरक्षा एवं स्वयम् सेवक बिभाग संयोजक टंक बिस्वकर्मा (युवा उपाध्यक्ष),६ साहित्य तथा प्रकाशन बिभाग संयोजक खेमराज रेग्मी (सचिव),७.पर्यटन प्रबर्द्धन बिभाग संयोजक शंकरमान राई (सचिव),८. आर्थिक बिभाग संयोजक प्रेम कुमार बस्नेत (कोषाध्यक्ष),९. सूचना तथा संचार बिभाग संयोजक एकराज कटुवाल “दिनेश”(प्रवक्ता),१०.युवा बिभाग संयोजक छम बहादुर चन्द(युवा संयोजक) ११. महिला बिभाग संयोजक अप्सना मियाँ(महिला संयोजक)१२.अथिति सत्कार तथा ब्यबस्थापन बिभाग संयोजक कृष्ण ढकाल (सचिवालय सदस्य),१३.खेलकुद तथा अतिरिक्त बिभाग संयोजक सुशील गौतम (सदस्य)उपसंयोजक मनिराज स्यांग्तांग (सदस्य),१४.सामुहिक लगानी बिभाग संयोजक भानु भक्त शर्मा(सदस्य),कला तथा साँस्कृति बिभाग संयोजक ईशान रेग्मी (सदस्य) उपसंयोजक भेषराज गुरुङ रहेका छन् ।

आइसीसीले प्रदान गरेको अख्तियार र निर्देशन अनुरुप ११ औं राष्ट्रिय अधिवेन सफल पर्न अहोरात्र खटिनु भएका सम्पूर्ण समितिहरु,एनआरएन ए अभियान्ताहरु, पंजीकृत सदस्यहरु लगायत सम्पूर्णलाई अध्यक्ष गिरिले हार्दिक आभार प्रकट गरेका छन्, साथै बिधि, बिधान र पद्दति अनुसार चयन भएको कार्यसमिति भएकाले बैधानिकताका अधारमा सस्थालाई अगाडी बढाउने जोड दिएका छन् ।११ औं अन्तराष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रिया छुट्टै सुचना प्रकाशन  गरि यहि अगस्ट १५ तारिक देखि “SMART NRNA APP” मार्फत शुरु हुने बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha