शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

पीडितलाई न्याय प्रदान गर्न अनुरोध गर्दै भारतीय मानव अधिकार आयोगलाई पत्राचार

पीडितलाई न्याय प्रदान गर्न अनुरोध गर्दै भारतीय मानव अधिकार आयोगलाई पत्राचार

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 193
    Views
पीडितलाई न्याय प्रदान गर्न अनुरोध गर्दै भारतीय मानव अधिकार आयोगलाई पत्राचार

नवीनसञ्चार सम्वादाता, काठमाडौँ ।

भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृती लम्साल विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपीट र दुव्र्यवहारको घटनाको शीघ्र छानबिनको लागि यस आयोगले राष्ट्रिय मानव अधिकार आयोग भारतलाई पत्राचार गरेको छ ।
पत्रमा शंकास्पद मृत्युको घट्नाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्व विद्यालयमा कुटपीट भएका र दुव्र्यवहारमा परेका विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरु तथा व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई उत्तरदायी बनाउनको लागि आयोगले मिति २०८१÷११÷७ गते पत्राचार गर्दै राष्ट्रिय मानव अधिकार आयोग भारतलाई अनुरोध गरेको छ ।
साथै प्राप्त उजूरीको आधारमा आयोगले भारत स्थित नेपाली दुतावास र अन्य माध्ययमबाट समेत घटना र विद्यार्थीको अवस्थाको बारेमा जानकारी लिइरहेको छ । उक्त घटनाबाट उत्पन्न परिस्थितिका कारण विश्वविद्यालय छोडेर हिंड्न बाध्य नेपाली विद्यार्थीहरू अझैपनि भयरहित वातावरणमा विश्व विद्यालय फर्कन नसकेको जानकारी प्राप्त भइरहेको हुँदा सो सम्बन्धमा थप कुटनीतिक पहल गरी विद्यार्थीहरूको अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न आयोगले नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha