बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

प्रवासी नेपाली मञ्च साउदी अरवको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित

प्रवासी नेपाली मञ्च साउदी अरवको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित

  • Naveen Sanchar

  • सोमवार, असार ३२, २०८१

  • 114
    Views
प्रवासी नेपाली मञ्च साउदी अरवको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित

नबिन संचार
रियाद साउदी अरब  गत जुलाई १२ मा सपन्न तेस्रो अधिवेशन बाट प्रवासी नेपाली मञ्च साउदी अरवको अध्यक्षमा अमर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी प्रमुख अतिथी र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष आतिथ्यतामा जुलाई १२ तारिक सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा किशोर राई, सचिवमा राजु खनाल र उपसचिव वसन्त राईलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । यसैगरी अधिवेशनले खेमबहादुर गुरुङ, बिज्ञान राई, लालबहादुर मोक्तान, बोमबहादुर पुन, खडग श्रेष्ठ, हरिभक्त भुसाल, कैशिल्या गिरी, पुनम नेपाली, होमबहादुर तामाङ, नागेश तामाङ, बिक्रम बिक, रोम लामा, खेमबहादुर पुन, भीम योङ्हाङ, डेकेन्द्र खत्री, कुमार श्रेष्ठ र बमबहादुर राईलाई सदस्यमा निर्वाचित गरेको छ ।नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च मध्यपूर्वका इञ्चार्ज कमलमनी गुरागाई, अन्तर्राष्ट्रिय कमिटी सदस्य एवं युवा तथा खेलकुद बिभाग प्रमुख शालिकराम पन्त, प्रवासी नेपाली मञ्च अमेरिकाका सदस्य पुनम थापा, मध्यपूर्ब संयोजक प्रकाश कोइराला, सदस्य कमरेड यम लामा, प्रवासी नेपाली मञ्च बहराइनका सचिब बीरेन्द्र बुढाथोकी, नेपाली दूतावास साउदीका प्रथम सचिब टोपनारायण गिरीलगायत साउदी अरेबियामा क्रियासिल बिभिन्न राजनीतिक दलसँग आवद्ध प्रबास संगठनका नेताहरुले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रम को अन्त्य मा नवनिर्वाचित अध्यक्ष अमर श्रेष्ठलेअधिवेशन सफल पार्न भूमिका खेल्ने प्रमुख अतिथी, बिशेष अतिथीसहित सवैप्रति हार्दिक आभार प्रकट गर्नु भयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha