सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

ह्यारिस्बर्गमा २११ औं भानुजयन्ती सम्पन्न

ह्यारिस्बर्गमा २११ औं भानुजयन्ती सम्पन्न

  • Naveen Sanchar

  • आइतवार, असार २४, २०८१

  • 112
    Views
ह्यारिस्बर्गमा २११ औं भानुजयन्ती सम्पन्न

नारद आचार्य अमेरिका 

जुलाई ७-त्रिवेणी साहित्य मञ्चको आयोजनामा २११ औं भानुजयन्ती विविध कार्यक्रम गरेर सम्पन्न भएको छ । यस कार्यक्रममा विभिन्न भाषाका रचना प्रस्तुत गरिएको थियो भनि समुदायका धेरै जातजातिले मौलिक पहिचानको पोसाक लागाएर  कार्यक्रममा उपस्थिति जनाएका थिए । त्रिवेणी साहित्य मञ्चका अध्यक्ष श्रीकेशव बैरागी माइलाको अध्यक्षतामा कार्यक्रम रहेको थियो भनि सामाजिक अभियान्ता श्रीटेक बहादुर गुरुङ्गको प्रमुख आतिथ्य रहेको  थियो । कार्यक्रम  मञ्चका सचिव “सुदामा ” ले सञ्चलन गर्नु भएको थियो । भूटान साहित्य परिषदका सचिव सर्जक श्रीखेम रिजाल कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा मञ्चका सल्लाकार श्रीविष्णु लुइँटेलले आदिकविको जीवनि प्रस्तुत भएको थियो ।

साहित्य सर्जक, गायक श्रीअगम गुरुङ , गायक श्रीटुंगानाथ उपाध्याय , श्रीमती अमृता शर्मा , श्रीमतीसरिता सुनुवार,श्रीकुन्ती गुरूङ्ग, सुश्री अन्तरा उपाध्याय, सुश्री गुञ्जन उपाध्याय र सौगात तिम्सिना लगायतले साङ्गेतिक कोसेलि प्रस्तुत गरेका थिए ।

सर्जक श्रीप्रेम खनालले संस्कृत डा॰ श्रीनारद पोख्रेल र श्रीमहेन्द्र अधिकारीले अंग्रेजी,श्री बि. बि. योन्जनले तामाङ्ग भाषा, श्री सुरज बुढाथोकी, श्री मधु घिमिरे,श्रीमती मीरा अधिकारी, श्रीमती बसुधा रिजाल, ले नेपाली भाषामा सृजना सुनाएर कार्यक्रमलाई रोचक बनाएका थिए॥

कर्ण प्रिय स्वारका धनी नारी स्रष्टा श्रीमती बसुधा रिजाल र इन्दुश्री चौहानले सामुहिक रामायण वाचनद्वारा कार्यक्रमलाई शीतल प्रदान गर्नु भयो भने बाल प्रतिभा रिगम र रिया रिजालको कविता वाचन शैलीले दर्शकहरूको मन जितेको थियो।

२११ औं भानुजयन्तीको साइत पारेर  त्रिवेणी साहित्य मञ्चले समाजसेवी श्री टेक बहादुर गुरुङ्ग , गायक त रचनाकार श्री टुंगनाथ उपाध्याय  र श्री देवि दहाल (दागाने) लाई नेपाली भाषा साहित्य र संगीतमा अतुलनीय योगदान पुर्याए बापत उच्च सम्मान गर्दै कदर पत्र  प्रदान थियो ।

मिडियामा मञ्चका टोक्निकल सदस्य श्री प्रेम निरौला, श्री पर्शु अधिकारी, कुमार शिवाकोटी साथै भूटान खबरले पूर्ण सहयोग गर्नु भएको थियो भने सह-कोषाध्यक्ष श्रीपरमा अधिकारीले अतिथिको स्वागत तथा जलपनको ब्यबस्थालाई सहजीकरण गर्नु भएको थियो।

मञ्चका उपाध्याय श्री प्रेम घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्यसँगै सबै उपस्थित अतिथि तथा कलाकारलाई सम्बोधन गर्नु भएको थिए। मञ्चका कोशाध्यक्ष श्रीमहेन्द्र अधिकारीले स्वास्तिवाचन गरेरे कार्यक्रमको औपचारिकतालाई अघि बढाउनका  थिए । प्रमुख सल्लाकार श्रीनारद अधिकारी सम्पूर्ण कार्यक्रमको टिपोट गर्नु भएको थियो।

समारोहमा  स्थानीय सरकारी कार्मचारी टम कोनोली, डा॰ श्रीखेम अधिकारी, डा॰ श्री डा.रमेस खड्का ,श्री रतन गुरुङ , श्री तेज मिस्र, श्री डि.बि. राई, श्री के. बि. चौहान, साथै बिभिन्न समाजका अगुवाहरूको बक्लो उपस्थित थियो ।

मञ्च द्वारा सम्मानित श्री टि बि गुरुङ्ग्ले साहित्यको माध्यमबाट धेरै भन्दा धेरै समुदायलाई जोड्न सकिने कुरा मन्तव्यको क्रममा जनाउनु भएको थियो । आफु साहित्य मञ्चले सम्मान गरेकोको खुसी व्यक्त गर्दै आफु माथि जिम्मेवारी थपिएको कुरा व्यक्त गर्नु भयो ।

त्रिवेणी साहित्य मञ्चले साहित्यको माध्यमबाट बहुजातीय , बहुभाषिक तथा बहुसँँस्कृतिक समुहलाई एउटै माला उनेर भाषा र साहित्यको  प्रवर्द्धन , गर्न सकिने कुरामा जोड दिनु भएको थियो । अबको साहित्यिक यात्रा फुटेर हैन जुटेर अघि बढ्नु विकल्प नरहेको मत जाहेर गर्नु भएको थियो । आज विभिन्न भाषा रचना सुन्न पाएको आफु सबै प्रति आभारी रहेको र भविस्यमा अझ ओझिलो कार्यक्रम ल्याउने कुरा राख्दै सबै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको इतिश्री गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha