सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

नेपाली राष्ट्रीय फुटबल टोलीलाई साउदी अरवमा स्वागत

नेपाली राष्ट्रीय फुटबल टोलीलाई साउदी अरवमा स्वागत

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ २८, २०८१

  • 119
    Views
नेपाली राष्ट्रीय फुटबल टोलीलाई  साउदी अरवमा स्वागत

नवीनसञ्चार दमाम साउदी अरब
नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको संयुक्त आयोजनामा फिफा ( wold cup qualifier) छनौट खेलका लागी साउदीअरब आउनुभएका खेलाडी तथा पदाधिकारीहरूको स्वागतार्थ ७ जुन २०२४ शुक्रवारका दिन एक अनौपचारिक कार्यक्रम सम्पन्न गरेको छ।
नेपलको संयुक्त अरब इमिरेट्स र नेपाल बीचको खेल प्राबिधिक कारणले साउदीअरब स्थित प्रीन्स महमद बिन अबदुल अहिज फाहद रंगशाला दम्माम शहरमा आयोजना गरिएको खेल खेल्नका लागि साउदी अरब आईपुगेका नेपाली राष्ट्रीय फुटबल टोलीलाई संयुक्त रूपमा “नेपाली राजदुतावास रियाद, र गैर आबासिय नेपाली संघ साउदी अरबले खेलाडीहरुको हौसला बढाउन संयुक्त रूपमा स्वागत तथा सम्मान कार्यक्रम” कार्यक्रममा नेपाली राजदूतावास रियादका महामहिम राजदूत नवराज सुवेदी को समुपस्थितीमा भएको थियो साथै साउदी अरबका लागि पर्यटन दुत राजेन्द्र अर्याल को पनि उपस्थिति रहेको थियो ।नेपाली दूतावासका जनसम्पर्क अधिकारी नारायण पासवानद्वारा संचालित कार्यक्रममा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष रबिना अर्याल र आरसीसी पूर्वी क्षेत्र क्षेत्रीय अध्यक्ष विष्णु प्रसाद भण्डारीको नेतृत्वमा रहेको राष्ट्रिय समन्वय परिषद र क्षेत्रीय समन्वय समितिका पदाधिकारीहरूले खेलाडीहरुलाइ सम्मानपत्र हस्तान्तरण गरि खादा ओढाएर सम्मान गरेको थियो। प्रवासी नेपाली एकता समाज (पानस) साउदीअरब, जनप्रगतिशिल मंच साउदीअरब, प्रवासी नेपाली मंच साउदीअरब, प्रवास नेपाली सम्पर्क विभाग साउदीअरब, संघिय लिम्बुवान सामाजिक मंच साउदीअरब, जनजाति महासंघ साउदीअरब,नेपाली साझा मंच साउदीअरब, हेल्प मधेसी साउदीअरब, लिम्बुवान फुटबल क्लब र युनाईटेड फुटबल क्लबले खादा ओडाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरी स्वागत तथा सम्मान गरेकोथियो।


नेपाल र संयुक्त अरब ईमिरेटस् बिचको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमलाई समर्थनमा हौसला बढाउन स्टडियममा बाक्लो संख्यामा नेपालीहरुको उपस्थिति थियो भने साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक संघ संस्थाहरू तथा राजनीतिक भातृ संगठनहरू एवम् फुटबल क्लबहरू बाट सम्मान पाउँदा प्रवासमा नभई आफ्नै घरेलु मैदानमा फुटबल खेलीरहेको आभास भएको भन्दै नेपाली राष्ट्रिय फुटबल टिमका क्यापटेन किरण चेम्जोङ लिम्बूले खुशी व्यक्त गर्नु भयो साथै फुटबल टोलीका मेनेजर उत्तमराज भण्डारी लगायत फुटबल टोलीले नेपाली दुताबास लगाएतका संस्थाहरूलाई धन्यबाद दिँदै मायाको चिनो स्वरुप एन्फाको लोगो प्रदान गर्नु भएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha