आइतवार, असार १४, २०८३ | June 28, 2026

साहित्य परिषद् भुटानको सम्मेलन क्यानाडाको विण्डसरमा हुने॥

साहित्य परिषद् भुटानको सम्मेलन क्यानाडाको विण्डसरमा हुने॥

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ २१, २०८१

  • 339
    Views
साहित्य परिषद् भुटानको सम्मेलन क्यानाडाको विण्डसरमा हुने॥

नारद प्रसाद आचार्य सुदामा अमेरिका

भुटानी साहित्य र संस्कृतिको उन्नयनका लागि स्थापना भएको साहित्य परिषद्, भुटानको आगामी सम्मेलन अगस्ट १७ मा क्यानाडाको विण्डसरमा हुने भएको कुरा परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार तथा सामाजिक अभियान्ता श्रीगंगाराम लामिटारेले नवीन सञ्चारलाई जानकारी गराउनु भएको हो।

कार्यक्रमका आकर्षण परिषद्‌को आगामी कार्यदिशाका बारेमा छलफल, कार्यपत्र प्रस्तुति, कविता तथा गजल वाचन, पुरस्कार वितरण तथा सम्मान प्रदान र भुटानी नेपाली साहित्यका विविध सन्दर्भमा विस्तृत विमर्श गरिने कार्यक्रम रहेको जानकारी हामीलाई परिषदका उपाध्यक्ष  साहित्यकार संगीतकार श्रीख्याम रिजालले बताउनु भएको हो!

उपर्युक्त कार्यक्रम परिषद्को क्यानाडा शाखाले आयोजना गर्ने तथ्य संस्थाका निर्देशक श्रीखगेन्द्र गौतम र अध्यक्ष श्रीगंगाराम लामिटारेले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।।।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha