
नवीनसञ्चार जेद्दा साउदी अरब
गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिती जेद्दा, साउदी अरबले ईस्लाम धर्मावलम्बीहरुको आउदै गरेको दोस्रो महान पर्व ईद उल अधा (बकर ईद) २०२४ को पावन अवसरमा भब्य रुपले खुल्ला नकआउट भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गर्न लागिएको हो ।
इदको छुट्टी पारेर आगामी १५ जुन शनिबारका दिन नेपाली दाजुभाइहरुलाइ खेल मनोरञ्जन दिने उद्देश्यका साथ जेद्दाको सनैया १ स्थित टप कपि तथा मोर्डनको अफिस नजिकै रहेको ग्राउन्डमा खेल आयोजना गर्न लागेको आयोजक एनआरएनए जेद्दाले जनाएको छ ।साउदी अरबको जेद्दा, रविक, यान्बु, ताईफ, जिजान, आभा-खामिस, तथा ताबुक लगायत साउदी अरबको पश्चिम् क्षेत्र आसपासमा रहनु हुने सम्पुर्ण नेपाली खेलप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई प्रतियोगितामा भाग लिईदिनुहुन पनि हार्दिक निमन्त्रणा गरेको छ ।
नेपाली खेलाडीहरु मात्रै खेलाइने उक्त भलिबल प्रतियोगितामा ५०० रियल इन्ट्री फि रहने छ भने प्रथम पुरस्कार २५००/- साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार १५००/- साउदी रियाल साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
उक्त प्रतियोगितामा भाग लिने खेलाडी टिमहरुले १४ जुन शुक्रबार बेलुकी १० बजे सम्म कल गरेर आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ भने शनिबार ५ बजे भित्रमा टिम खेल मैदानमा उपस्थिति हुनु पर्ने छ ।
बिस्तृत जानकारी तथा टिम दर्ताको लागी सम्पर्क व्यक्तिहरु:
१) डि.पी अर्याल – 056 414 6121
२) चिरञ्जीवी बस्नेत – 054 504 5597
३) राजकुमार गिरी – 054 159 6759
४) भिम गुरुङ – 056 149 4939
५) रम्जान दिन मिया – 055 656 5419