प्रेस बिज्ञप्ति
गैर आबासिय नेपाली संघ, साउदी अरब, क्षेत्रीय समन्वय समिति ताबुकको तर्फबाट हार्दिक अभिबादन ।
एन आर एन ए को स्थापना भएदेखि सम्पुर्ण आप्रवासी हकहितका लागि कुनै कसर बाकी राखेको छैन ।कम्पनीले कामबाट निकालेको अबस्थामा होस, तलब र खाना नदिएको अबस्थामा एन आर एन ए को जानकारीमा आएका साउदी अरबको जुनसुकै भूगोलमा फिल्डमा खटिएर आवस्यकता अनुरुप, गाँस बास, बहिर्गमनको लागि सहजीकरण र हबाइ टिकटको समेत ब्यबस्थापन गरि उद्दार, र पुनस्थापनाका लागि नेपाली राजदुतावास रियाद वा महाबाणिज्य दुतावास जेद्दा साउदी अरेबियाको प्रतक्ष्य समन्वयनकारी भूमिकामा कार्यहरु गर्दै आइरहेको ब्यहोरा सबैमा अबगत नै छ ।
कोरोना महामारीको बेला पनि गैर आबासिय नेपाली संघ साउदी अरबले आफ्नो ज्यानको जोखिम मोलेर फिल्डमा खटेर गाँस र बासको ब्यबस्था मात्रै गरेन, पि सि आर , हवाई टिकट र घर सम्म पुग्ने यातायातको ब्यबस्था गरि घर सम्म पुर्याएको यथार्थ छ । सो कार्य गर्दा कति धेरै पदाधिकारीहरु कोभिडसँग लड्नुपरेको थियो ।
फेसबुकमा लेखेर मात्रै समाज सेवा हुने भए भोलि देखि कुनै काम गर्नु पर्दैन खाना पिना सबै रङ्ग्गाएकै भरमा हुने भए किन मान्छेले दुख गर्नुपर्थ्यो, पासपोर्ट पनि फेसबुकबाट आफै उडेर आउनु पर्ने हो ?
गैर आबासिय नेपाली संघ साउदी अरबसँग भएको स्रोत र साधन सम्पुर्ण आप्रवासीनेपालीको हक र अधिकार हो, क्षेत्रीयता, बर्ग , सम्प्रदाय, राजनैतिक बिचार भएका सङ्ग कुनै भेदभाव नराखी नितान्त मानवीय सेवामा समर्पित संस्था हो एन आर एन ए ।
अहिले फेसबुकमा अनावश्यक भ्रम सिर्जना गर्ने सायद साउदी अरबमा हुनुहुन्थ्यो भने याद हुनुपर्छ, 2014 मा हस्तलिखित पासपोर्ट एम आर पि परिबर्तन गर्दा बजारमा डबल दस्तुर लिएकाहरुको विरुद्धमा गैर आबासिय नेपाली संघ साउदी अरबले हजारौंलाई निशुल्क पासपोर्ट सेवा दिइएको थियो, इतिहास साक्षी छ। अहिले पनि पासपोर्टको फर्म भरेको नाममा गलत तरिकाले पैसा असुल्नेहरुको ठगी धन्दा जारी छ, उल्टै तिनै ब्यक्तिहरु धमास दिदै पबित्र संस्था र निस्वार्थ सहयोग गर्ने सहजकर्ताहरुको बदनाम गराउन गरेको दुस्साहस प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
गत २४ मे २०२४ शुक्रबारको दिन गैर आवासिय नेपाली संघ साउदी अरब, क्षेत्रीय समन्वय समिती ताबुकको समन्वयमा नेपाली महावाणिज्यदूतावास जेद्दाले संचालन गरेको राहदानी नविकरण फाराम संकलन साथै नविकृत राहदानी वितरण घुम्ती शिविरको विषयमा सामाजिक संजालमा उठेको विषयमा खेदपुर्ण छ । अहिलेसम्म पासपोर्ट नविकरण, बितरण कसरी सन्चालन भैरहेको छ? कस्को सहयोग छ ? कसैले सोधपुछ गर्नुभयो ? हिम्मत छ भने आउनुस फिल्डमा काम गर्न ।सके सहयोग गर्नुस सक्नु हुन्न भने सत्य तथ्य बुझेर मात्रै लेख्ने गर्नुस ।
गैर आबासिय नेपाली सघं बिगत देखीनै यस्ता बिकृती बिसङतीको विरुद्धमा लडिरहेको संस्था हो ।
पासपोर्ट बितरणमा कोहि कसैलाई जवर्जस्ती टिकट काट्न बिवस पारिएको होइन, थिएन । हुन सक्छ राम्रा काम देखी कसैलाई चित दुखेर भ्रम सिर्जना गर्न खोजिएको चै पक्का हो ।कसैको निहित स्वार्थ पुरा गर्न नसकेकोले यस्तो धृष्टता गरेको चै पक्का हो । गएको २४ तारिखको कार्यक्रममा अन्य दिन भन्दा अत्याधिक भिड भाड भएको अवस्थामा हाम्रा भोलेनटियर साथीहरुले भिड भाडलाई नियन्त्रण गर्ने क्रममा केहि शब्द चयनमा गलत भएको होला त्यसको लागि संस्था क्षमा याचना चाहन्छ। तर त्यसलाई तोड मोड गरि मिडिया बाजी गर्नु गलत हो र यसमा हाम्रो गम्भीर ध्यानाकार्षण रहेको छ।
अहिले जुन 14-2024 मा गर्ने साङ्गितिक कार्यक्रम कुनै ब्यक्ति बिषेशको खल्ती भर्न गरिएको कार्यक्रम होइन, यसबाट उठ्ने सम्पुर्ण आमदानीको सार्बजनिक लेखा परिक्षण( public Audit) गरि बचेको रकम आप्रवासी कामदारकै हकहितमा खर्चिइने पनि सबैमा अनुरोध गर्न चाहन्छौं ।
साउदी अरबमा 2010 मा गरिएको साङ्गितिक कार्यक्रम बाट 44,444/= साउदी रियाल जोगाएर सयौं नेपाली महिलाहरुलाइ टिकट दिएर घर फर्काउन सफल भएको छ , जुन बेला साउदी अरबमा घरेलु महिला कामदार खुल्ला थियो ।
एन आर एन ए एक मात्र संस्था जस्ले कार्यक्रमको लेखापरीक्षण गरि गराइ सार्बजनिक गरेको जानकारी गराउन चाहन्छौ ।
पुनस्च: एन आर एन को कुनै पनि कार्यक्रममा स्वेच्छिक सहयोग मात्रै हो, बरु कसैलाई आबस्यक सहयोगको खाचो छ भने एन आर एन ए हर तरहको सहयोगको लागि सहजीकरण गर्न सदैव तत्पर छ, र रहिरहनेछ । कार्यक्रम पश्चात् सार्बजनिक लेखा परिक्षण गरि कहाँ र कुन प्रयोजनका लागि रकम राखिन्छ, सबै घाम जस्तै छर्लङ्ग हुन्छ । मनोरञ्जनको माध्यमबाट सहयोग संकलन गरि पीडितलाई सहयोग जाने हो, कसैको निहित स्वार्थ पुरा गर्न होइन भनेर बुझिदिनुहुन सबैमा हार्दिक अपिल पनि गर्दछौं, तपाईं सम्पुर्णमा सौहार्दपुर्ण रूपमा कार्यक्रम हेरेर मनोरञ्जन लिनुहुन समेत आग्रह गर्दछौं ।
धन्यवाद
गैर आबासिय नेपाली संघ
क्षेत्रीय समन्वय समिति, ताबुक साउदी अरेबिया ।