साउदी अरबमा दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना हुने
साउदी अरबमा दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना हुने
Naveen Sanchar
बुधबार, जेष्ठ २, २०८१
100
Views
साउदी अरब- आगामी जुन २०२४ मा पर्ने ईद ऊल अधाको पावन अबसरमा प्रथम पुरस्कार साउदी रियाल ५,५५५/- र दोस्रो पुरस्कार ३,३३३/- रहने गरि फिफा नियम अनुसार नकआउट विधिबाट साउदी अरबको पूर्वी प्रान्त दम्माम स्थित फूटबल प्रतियोगिता आयोजना गरिने बारे सम्बन्धित फुटबल खेलाडीहरु तथा खेल प्रेमी महानुभावहरुलाई यसै सूचना मार्फत गौरवपूर्ण सहभागिताको लागि अनुरोध सहित सगर्व जानकारी गर्दछौं I
गैरआवासीय नेपाली संघ साउदी अरबले बिगतमा गरिएका उद्धारका कार्यहरुलाई निरन्तरता दिन एवम् नेपाली फुटबल खेलाडीहरुको खेल प्रतिको लगावलाई समेत निरन्तरता दिंदै हौसला बढाउन यो फूटबल प्रतियोगिता आयोजना गरिएको हुँदा सम्बन्धित सबै पक्षको गौरवपूर्ण सहभागी हुने विश्वासका साथ यहाँहरुको साथ सहयोग र सहकार्यको अपेक्षा गर्दछौं I
(नोट:टिम दर्ता शुल्क, खेल मैदान लगायत बाँकि विवरण आगामी सूचना मार्फत यहाँहरुलाई यथासिघ्र सुचित गराउने छौं I)