
नवीन सञ्चार साउदी अरव
साउदी अरवको ताबुकमा नेपाली महावाणिज्यदुतावास जेद्दा र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकको समन्वयमा राहदानी नबिकरण घुम्ती सेवा संचालन हुने भएको छ ।
ताबुक र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरी देहायको समय र स्थानमा राहदानी नवीकरण घुम्ती सेवा संचालन गरिने व्यहोरा सम्पूर्ण महानुभावहरुमा सूचित गरिन्छ ।
मिति -२०८१/ ०२/ १९ गते शुक्रवार (तदनुसार २४ मे २०२४)
समय- विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म
स्थान- ताबुक शहर, तारिक मदिना रोड
सम्पर्क व्यक्तिको नाम र मोबाईल नम्बर
१ नर बहादुर खतिवडा ०५३६११००९७
२ बुद्दि प्रसाद बास्तोला ०५३६९३२९६८
३ देबी बहादुर कार्की ०५५४२१०६६८