शुक्रबार, बैशाख १२, २०८२ | April 25, 2025

शुभकामना वि सं २०८१को

शुभकामना वि सं २०८१को

  • Naveen Sanchar

  • सोमवार, बैशाख १०, २०८१

  • 272
    Views
शुभकामना वि सं २०८१को

रचनाकारः भानु ढुंगाना

छन्द ÷भुजङ्गप्रयात
भयो कान्ति नौलौ नयाँवर्ष आयो!
शुभारम्भ यात्रा सँगै कान्ति छायो
फुले अंकुरा यी लता-वृक्ष डाली
फले लेक बेँशी नयाँवर्ष पाली ।

भयो दिव्य लाखौँ सबै फूल बारी
चरा नृत्य गर्ने बगैँचा छहारी !
भए वृक्ष लाली सुनौला बगान
फले बोट हाँगा छ संगीत गान।

झरे व्योम धारा सबै दिव्य गंगा
दिए नित्य शाखा लिनू चित्त चंगा।
तरू झ्याल सारा चढे बोट खोजी
सँगै फल्न थाले नयाँवर्ष रोजी ।

भयो ज्ञान अर्को शुभारम्भ पालो
नयाँवर्ष आयो बिहानी उज्यालो
युवा प्रौढ जागौँ र नारी जुटौँ लौ
नयाँ साल बैशाख आयो उठौँ लौ।

छ आमोद बाँड्दै नयाँवर्ष आई
गरौँ सिर्जना लौ जुटौँ भाइ दाई
छ यो साल राम्रो कला सिर्जनामा
बनौँ नित्य शाखा बसौँ साधनामा।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha