शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

ताबुकमा अहिले सम्मकै उच्च सख्यामा राहदानी नविकरण फाराम संकलन

ताबुकमा अहिले सम्मकै उच्च सख्यामा राहदानी नविकरण फाराम संकलन

  • Naveen Sanchar

  • शुक्रबार, बैशाख ७, २०८१

  • 308
    Views
ताबुकमा अहिले सम्मकै उच्च सख्यामा राहदानी  नविकरण फाराम संकलन

नवीन सञ्चार साउदी अरव

ताबुकमा अहिले सम्म कै उच्च सख्यामा राहदानी नविकरण फाराम संकलन भएको छ। गत शुक्रबार सपन्न कार्यक्रममा महिला १५, पुरुष ७२९ र अघिल्लो दिनको १४० जना गरि कुल जम्मा ८८४ जनाले नयाँ आबेदन बुझाएका थिए।

नेपाली महावाणिज्यदुताबास जेद्दाबाट दुर दराजमा रहेको ताबुकमा गैर आवसिय नेपाली सघं , क्षेत्रीय समन्वय समिति ताबुकको समन्वयमा महावाणिज्यदूतावास जेद्धाले यही १२ अप्रील २०२४ शुक्रबारका दिन राहदानी नवीकरण फाराम संकलन साथै नविकृत राहदानी बितरण घुम्ती शिविर कार्यक्रम सम्पन्न गरेको छ।


उक्त कार्यको लागी नेपाली महावाणिज्यदूतावास जेद्दाबाट वाणिज्यदुत निर्मल भट्टराई ज्युको नेतृत्वमा महावाणिज्यदूतावासका कर्मचारीहरु सुजन वाग्ले, दिनेश पंडित र राजु बास्कोटा ज्युहरु साथै समाजसेवी/ स्वयंसेवक रेशम घिमिरे ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो ।
कार्यक्रम सफल र सहजरुपमा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ, क्षेत्रीय समन्वय समिती ताबुकका सल्लाहकार भक्त हमाल , गैरबआवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सदस्य युवराज पोख्रेल , गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहदुर खतिवडा, सचिव बुद्धि प्रसाद बास्तोला, कोषाध्यक्ष दिपक कार्की, प्रवक्ता शक्ति भट्ट, सदस्यहरु प्रकाश थापा र सुमन कार्की साथै स्वयंसेवक साथिहरुले व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।


उक्त कार्यक्रममा सुबिधा लिनका लागि ताबुक लगायत आसपासका क्षेत्रहरु दुबा,हाकल,शर्मा,अल्वज,आरार,ताइमा लगायत अन्य ( 600KM टाढाका ) स्थानहरु देखि नेपालीहरुले आएर सुबिधा प्राप्त गर्नु भएको थियो ।महावाणिज्यदूतावास जेद्दाद्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने भनिएतापनि सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गरि विभिन्न कठिनाईका बाबजुत पनि महावाणिज्यदूतावासको टोलीद्वारा बिहिबार मध्याह्नमा ताबुकमा उपस्थित भैइ शुक्रबार हुने सेवाग्राहीको चापलाइ मध्यनजर गरि बिहिबार साझ सम्म १४० जनाको फारम संकलन गरिएको थियो भने शुक्रबार बिहान ८:०० बजे देखि शनिवार दिउसो ३ बजे सम्म लगातार अहोरात्र खटेर त्यहाँ उपस्थित राहदानी आबेदकहरु महिला १५, पुरुष ७२९ र अघिल्लो दिनको १४० जना गरि कुल जम्मा ८८४ जनाले नयाँ आबेदन बुझाएका थिए र २७ जनाको नविकृत राहदानि बितरण सहित करिब ९११ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो। पुर्बानुमान अनुसार सेवाग्राहीहरुको उच्च चापलाई मध्यनजर गर्दै यस पटक तिन वटा डिभाईस वा सिस्टम द्वारा काम सन्चालन गरीएको थियो। त्यसैले गर्दा अहिलेसम्मकै अत्यधिक उच्च संख्या ८८४ जना आवेदकहरु हुदा पनि समयमा नै सम्पुर्ण आवेदकहरुको फाराम संकलन गरिएको थियो। भने कतिपय सेवाग्राहीहरु स्वयंले Enrollment Form नभरेकाले गैर आवासिय नेपाली संघ, क्षेत्रीय समन्वय समिती ताबुकले Enrollment Form भर्ने र फोटोकपी गर्ने व्यवस्था पनि गरिएको थियो।


ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राहीहरुको भनाइ रहेको थियो। यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित भएका थिए। गत ८ डिसेम्बर २०२३ भन्दा अहिलेको संख्यामा वृद्धि र अहिलेको भन्दा अब आउने दिनहरुमा यो भन्दा पनि अझै संख्या वृद्धि हुने अनुमान ताबुक एनआरएनए आर सिसि का अध्यक्ष नर बहादुर खतिवडा ले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha