शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

अमेरिकाको कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न

अमेरिकाको कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • सोमवार, चैत्र २६, २०८०

  • 137
    Views
अमेरिकाको कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न

धर्मेन्द्र तिम्सिना “क्षितिज ” कोलोम्बस ओहायो , अमेरिका

मिती ६ अप्रिल २०२४ शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार हिमशिखरले कविता र गजल वाचन गरेका थिए । कार्यक्रममा द्व्य कवी र गजलकार सगसगै उपस्थित अरु साहित्यकारहरुले पनि आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रम सबिन धिमालको स्वागत मन्तव्यबाट सुरु भएर सभापती अर्जुन रसाइलीको मन्तव्यबाट सम्पन्न भएको थियो । कार्यक्रमलाइ सन्चालन RB खड्काले गर्नुभएको थियो । करिब ४० जना साहित्यप्रेमीको जमघट भएको सो कार्यक्रमका प्रमुख अतिथी भुवन प्याकुरेल, विशिस्ट अतिथीहरु गोमा कोइराला, लिला निशा, बासुदेव कोइराला र गङ्गा लामिटारे रहनुभएको थियो । कार्यक्रम दिउसो २ बजेबाट सुरु भएर बेलुका ५:३० बजे सम्पन्न भएको थियो । कार्यक्रममा धेरै स्रस्टाहरु सुसन माझी, तिला आचार्य, रुभेन ढुङ्गाना, सोफिया अधिकारी, इशोर ढकाल, किरण अधिकारी, गीता ढुङ्गेल आदीको उपस्थिति रहेको थियो । कार्यक्रम अति नै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha