शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

गैरआवासिय नेपाली संघको आयोजनामा वृहत् ईफतार कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

गैरआवासिय नेपाली संघको आयोजनामा वृहत् ईफतार कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

  • Naveen Sanchar

  • सोमवार, चैत्र १२, २०८०

  • 145
    Views
गैरआवासिय नेपाली संघको आयोजनामा वृहत् ईफतार कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

रोशन अर्याल /नबिन संचार

दोहा/कतार : गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले बृहत ईफतार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा बृहत ईफतार कार्यक्रम, आईसिसी एनसिसीका विभिन्न ओहोदाका पदाधिकारी विभिन्न प्रदेश समन्वय बैचारिक संगठन लगायत कतारमा स्थापित विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत धर्म गुरुहरुको उपस्तिथि सहित कतारको पेभिलियन एक्स्पो अलविदा पार्कमा गरेको हो।

कार्यक्रमको शुभारम्भ गर्दै धर्म गुरु हजरत मौलाना कारी कलिमुल्लाह नदवी ज्युले कुरान तिलावत पढेर वाचन गरेका थिए । त्यस्तै धर्मगुरु मौलाना गुलाब नबी रिज्वीले  (नात ए कलाम) ईस्लाम धर्म र रोजाको बारेमा बताएका थिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेका थिए ।

पवित्र महिना रमदानको विशेषता, रमजान महिनाको रोजा उपवास र व्रतको बारेमा प्रो. मोहम्मद रमजान अलि मियाँले प्रष्ट पारेका थिए, पबित्र महिना रमजानमा उपवास बस्दा शारीरिक,मानसिक, सामाजिक तथा समाज कल्याणका लागि व्यक्तित्व समेत विकास हुने, नकारात्मक भावनाहरु हराएर जाने तथा रमजान महिनामा मात्र नभई मानिसको जीवनभर सोहि सकारात्मक भावना हुनु पर्ने बताएका थिए, प्रमुख अतिथी नरेश बिक्रम ढकालले एनसिसी कतारले आयोजना गरेको बृहत ईफतार कार्यक्रमले हामी नेपालीहरुको पारिवारिक माहोल भाईचारा माया प्रेम र सद्भाव सदैब  बढ्ने बताए । जुन कुनै धर्म संस्कृति सबैको एउटै लक्ष्य मानसिक,शारीरिक,शान्ति समाज र  मानव कल्याण रहेको उनले बताए । रमदान पर्वमा एक महिना सम्म रोजा व्रत बसेर आफ्नो र सन्सारमा रहेका हरेक मानव जातिको भलो चिताउने यो मानव कल्याणमा पुर्णता र  सफलताको शुभकामना व्यक्त गरे ।

एनसीसी कतार र सीएफसी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ, सात सात जनाको समूह गरि ६० मिनटको प्रतिस्पर्धा गरिएको थियो, दुवै पक्षका खेलाडीहरु द्वारा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। खेलको पहिलो हाफमा एनसीसीका तर्फ बाट लगातार राज देबकोटाले २ गोल गरेका थिए, भने सीएफसीका तर्फ बाट ३ गोल गरेका थिए। खेल को शुभारम्भ एनसीसी कतारका अध्यक्ष भट्ट ले बल पास गरेर शुरु गरेका  थिए, दर्शकहरु ले हुटिङ्ग मार्फत खेलाडीहरु लाई हौसला प्रदान गरेका थिए । प्रतियोगिता हुदै गर्दा आगामी बक्र ईद को अवसर पारेर कतारमा अबस्थित नेपाली समुदायमा रहेका खेलाडी लाई समेटेर फुटबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको  एनसीसी कतारका बरिष्ठ उपाध्यक्ष पन्थीले जानकारी दिएका थिए।

एनसिसी कतारका महासचिव रबिन मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले हामी नेपाली हाम्रो देश नेपाल भौगोलिक जातीय एवंम धार्मिक रुपमा विविधता भएपनि सबै जातजाती धर्म संस्कृति मिलेर बसेको सांझा फुलवारी बताउदै एनसिसी कतारले सबै धर्म जाती र क्षेत्रका चाडपर्वहरुलाई अपनत्व गर्दै विगत देखि नै विभिन्न कार्यक्रम गर्दै आईरहेको र यस्ता कार्यक्रमले हामी बिचको सद्भाव भाईचारा बढने बताए । कार्यक्रमका लागी सहज बाताबरण एक्स्पोले दिएको स्थानलाई हार्दिक कृतज्ञता प्रकट गर्दै उपस्थित धर्म गुरु लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha