शनिबार, बैशाख १, २०८१ | April 13, 2024

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुदै

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुदै

  • Naveen Sanchar

  • मङ्लबार, चैत्र ६, २०८०

  • 1.0K
    Views
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुदै

नवीनसञ्चार
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ ।संस्थाले तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले निकालेको विज्ञप्तिअनुसार सम्मेलन अप्रिल २७ र २८ तारिख हुनेछ ।

तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा गर्ने समाजको दोस्रो बैठकले निर्णय गरेको हो । एक कार्यकालमा एक क्षेत्रीय सम्मेलन गर्ने समाजको लक्ष्यअनुरुप यो कार्यकालमा युरोपमा हुन लागेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

यसअघि पहिलो क्षेत्रीय सम्मेलन सन् २०१८ को अप्रिल २६ देखि २८ तारिखसम्म कतारमा र दोस्रो क्षेत्रीय सम्मेलन सेप्टेम्बर २४ देखि २६ तारिखसम्म दक्षिण कोरियामा भएको थियो । त्यसयता कोरोना महामारी लगायतका कारण सम्मेलन हुन नसेकेको थिएन ।

तेस्रो सम्मेलनका लागि आयोजक राष्ट्र झापाली समाज माल्टाले भव्य तयारी सुरु गरेको छ । सम्मेलनमा विश्वभरि रहेका झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै पहिलो र दोस्रो क्षेत्रीय सम्मेलनमा घोषणा गरिएको बृहत लगानीलाई मूर्तरुप दिन गृहकार्य गर्ने जनाइएको छ ।
समाजले झापामा सामाजिक क्षेत्र लगायत , भौतिक संरचना निर्माणदेखि स्वास्थ्य, शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ र आउदा दिनमा पनि गर्दै जाने समाज का महासचिव नबिन पोख्रेल ले बताउनु भयो।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha