बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

नेपालको लगातार उत्कृष्ट जित

नेपालको लगातार उत्कृष्ट जित

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन १०, २०८०

  • 305
    Views
नेपालको  लगातार उत्कृष्ट जित

देवी बहादुर कार्की, साउदी अरब

खेलमा लगातार दोस्रो र उत्कृष्ट जितका साथ नेपाल जारी वाफ महिला च्याम्पियनसिपको समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियमा भएको खेलमा नेपालले इराकलाई शुन्यका विरुद्ध ५ गोलले हरायो । खेलमा नेपालका लागि पाँचै गोल साबित्रा भण्डारीले गरिन ।

यो जितसँगै नेपाल समूह बी बाट एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार प्यालेस्टाइनसँग खेल्नेछ । सोही दिन इराकले सिरियाको सामना गर्नेछ .

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha