बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

नेपाली सांगीतिक जगतका बादशाह राजेश पायल राई ‘ल्होछार कन्सर्ट २०२४’: का लागि कतार आइपुगे

नेपाली सांगीतिक जगतका बादशाह राजेश पायल राई ‘ल्होछार कन्सर्ट २०२४’: का लागि कतार आइपुगे

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन ३, २०८०

  • 71
    Views
नेपाली सांगीतिक जगतका बादशाह राजेश पायल राई ‘ल्होछार कन्सर्ट २०२४’: का लागि कतार आइपुगे

-रोशन अर्याल /नवीन सञ्चार

 दोहा /कतार:  नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा तामाङहरुको महान पर्व सोनाम ल्होछारको वसरमा “ल्होछार कन्सर्ट २०२४ ” लागि सांगीतिक प्रस्तुति दिनका लागि नेपाल बाट आमन्त्रित द भोईस अफ नेपालका जज तथा प्रसिद्द गायक राजेश पायल राई  कतार आइपुगेका छन्। बिहीबार राजेश कतारको दोहा आइपुगेका हुन्। नेपाली चाड पर्बहरु का अवसर परेर हरेक हप्ता प्राय नेपाली विभिन्न सांगीतिक कार्यक्रमहरु आयोजना हुने गरेका छन्  । यसैबीच ‘ल्होछार कन्सर्ट २०२४’ आगामी शुक्रबार आयोजना हुँदैछ।

राजेशको स्वागतको लागि नेपाल तामाङ घेदुङ कार्यसमितिका अध्यक्ष लगायत अन्य पदाधिकारी हमद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए। राजेशलाई खादा र फूलको गुच्छाले कतार एयरपोर्टमा स्वागत गरिएको थियो। केहि समयको अन्तराल पछि कतारमा सांगीतिक प्रस्तुतिका लागि आएका राजेशले खुशी व्यक्त गर्दै शुक्रबार हुने कार्यक्रममा नेपाली गित संगीत लाई माया गर्नु हुने सम्पुर्ण नेपालीभाषी दाजुभाई दिदि बैनी हरुलाई रास्ट्रिय पर्ब संगै मनाउन उपस्थितिका लागि आग्रह समेत गरेका थिए ।

राजेशका साथमा अन्य कलाकारहरु गायक उमंग लामा र गायिका रेश्म बम्जन कार्यक्रमको लागि बुधबार नै कतार आइसकेका छन्। समितिका पदाधिकारी सहित अन्य उपस्थितले भब्य स्वागत गरेका थिए। कलाकारहरु नेपाल बाट आउने क्रम जारिरहेको छ, तेस्तै नेपालबाट  म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ आज बिहीबार बेलुका दोहा आईपुग्ने जानकारी नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्ष बिकास स्याङ्तान तामाङले नबिन संचार लाई जानकारी दिए।

कार्यक्रम को तयारी अन्तिम अबस्थामा रहेको बताउदै आयोजकले नेपाली चाड पर्ब भेषभुषा, मौलिक कला सस्कृति को जगेर्ना गर्नका निमित्त   नेपालबाट आमन्त्रित कलाकारसगैं  कतारमा रहेका विभिन्न समुदायबाट सामूहिक मौलिक नृत्य समेत रहने भएको छ । कार्यक्रममा प्रवेश शुल्क महिलाका लागि ५०, पुरुषका लागि ७५, भिआईपि १०० र परिवारका लागु ५०० रियाल रहेको छ भने क्यु टिकट अनलाइन मार्फत पनि खरिद गर्न सक्ने व्यवस्था समेत रहेको छ । ९०% टिकटहरु बिक्रि भैसकेको आयोजकले जानकारी दिएको छ।

हरेक बर्ष जस्तै यो बर्षको सोनाम ल्होछार पनि नेपालबाट आमन्त्रित कलाकारको साथमा सभ्य र भब्य रुपमा मनाउने आयोजकले जानकारी दिएको छ ,गत बर्ष पनि समाजले बृहत सांगीतिक कार्यक्रमको आयोजना गरि मंगोलियन हार्टका मिठो स्वरका धनि  गायक राजु लामा लाई आमन्त्रित गरेको थियो। कार्यक्रमको समापन सम्म पनि दर्शकहरु लोभलाग्दो उपस्थित रहेको थियो। अधिकांश उपस्थित दर्शकहरु ले कार्यक्रम अबधिभर समय गयको पत्तै नभएको बताएका थिए। शुक्रबार हुने कार्यक्रम पनि अझै ब्यबस्थित र भब्य हुने समाज का समरक्षक बिनेश तामांग ले बताएका छन्।

दोहा तथा अन्य बाहिरका क्षेत्रहरु बाट सहजता को लागि  निशुल्क यातायातको समेत व्यवस्था गरिएको छ, अल अरबी स्पोर्ट्स क्लबमा बिहान ११ बजेदेखि कार्यक्रमको ढोका खुल्ने र ठिक १२.३० बजेदेखि कार्यक्रम सुरु हुने कार्यतालिका रहेको छ। कार्यक्रममा सबैलाई उपस्थितिको लागि नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिले अनुरोध समेत गरेको छ।भने,नबिन संचार हाउस लगाएत दर्जनौ मिडियाहरु समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीका रुपमा रहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha