बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

राजदूत सुबेदीद्वारा साउदी अरबका शिक्षा उपमन्त्रीसँग भेट

राजदूत सुबेदीद्वारा साउदी अरबका शिक्षा उपमन्त्रीसँग भेट

  • Naveen Sanchar

  • सोमवार, माघ २९, २०८०

  • 188
    Views
राजदूत सुबेदीद्वारा साउदी अरबका शिक्षा उपमन्त्रीसँग भेट

देवी बहादुर कार्की, साउदी अरब ।
साऊदी अरबका लागि नेपाली राजदूत नवराज सुबेदीले साउदी अरबका शिक्षा उपमंन्त्री प्राध्यापक एम. ए. अलसुडैरीसँग उहांकै कार्यकक्षमा आइतबार भेट गर्नुभएको छ। भेटका अवसरमा नेपाल र साऊदी अरबबीच नेपाली चिकित्सकका योग्यता, उपाधिको निरूपण, साऊदीमा विभिन्न विषयमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्था तथा योग्यताको थप अभिवृध्दिबारे हुनसक्ने सहकार्य र साऊदीमा उपलब्ध हुन सक्ने छात्रवृत्ति समेतका बारेमा छलफल गरिएको थियो । छलफल सौहार्दपूर्ण र सकारात्मक राजदूतावासले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha