
रोशन अर्याल/ नवीनसञ्चार
दोहा, कतार: नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना’ भन्ने मूल नाराका साथ सन् २०१२ मा स्थापित नेपाली महिला समाज कतारको पाँचौं महाधिवेशनको बन्द सत्रबाट लोक माया केसी (माया)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ l खुला सत्र समाजकी अध्यक्ष सरिता पौडेलको अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालको प्रमुख आतिथ्यतामा अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न भएको हो ।
महाधिवेशनको बन्द सत्रबाट लोक माया केसी (माया)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ l कार्यसमितिका पदाधिकारीहरूमध्ये प्रथम उपाध्यक्षमा सन्ध्या अर्याल, द्वितीय उपाध्यक्षमा सनोवर जहाँ, तृतीय उपाध्यक्षमा सुषमा खतिवडा कटुवाल, महासचिवमा मेनुका खतिवडा भण्डारी, सचिवद्वयमा कविता खत्री र माया खड्का, कोषाध्यक्षमा दिपा सिंह र सहकोषाध्यक्षमा गीता पुन चयन भएका छन् l कार्यसमितिका सदस्यहरूमा उषा परियार, गीता थापा, रश्मी विश्वकर्मा,शारदा भुजेल,सविता दाहाल,यास्मिन नाज,लीला राई,यास्मिन ठकुरी, राधिका परियार, सोनी सुनुवार,शान्ति वली, ज्योति पन्थी र सुनिता कोइराला र चयन भएका छन् l आगामी एक कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक क्रान्ति सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
महाधिवेशनको खुला सत्रमा कतारमा रहेका सामाजिक, सामुदायिक, वैचारिक, पत्रकार, सांगीतिक, साहित्यिक संस्थाका अध्यक्षहरु, प्रतिनिधिहरू तथा सर्ब-साधारणहरु को बाक्लो उपस्थिति रहेको थियो। विभिन्न संघ संस्थाका प्रतिनिधि तथा बौद्धिक व्यक्तित्वहरूले आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा कतारमा रहेको महिलाहरूको एक मात्र सामाजिक संस्थाले गरेको कार्यसम्पादनको प्रशंसा गर्दै कतारमा रहेका सबै नेपाली महिलाहरूलाई संस्थामा आवद्ध भइ ससक्त्ता रुपमा महिला माथि हुने गरेका शोषणका बिरुद्द लड्न एबम कतारमा नेपाली महिलाका हक, हित र अधिकारका लागि एकताबद्ध भएर अगाडी बड्न आग्रह गरेका थिए l
आफ्नो शुभकामना मन्तव्य राख्दै महाधिवेशनका प्रमुख अतिथि ढकालले समाजले गरेका उल्लेखिनिया कार्य प्रति प्रशंसा गर्दै समाजलाई निरन्तर रुपमा यहाँ सम्म डोराएर ल्याउने सामाजिक मनप्रति हार्दिक कृतज्ञता प्रकट गरे l समाज परिवर्तन संगै अहिले महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गइरहेको बताए l समाज परिबर्तनको बाहक महिला ससक्तिकरण पनि एक मुख्य अभिन्न पाटो रहेकाले पुरुषले महिलाबिना पुरुष मात्र नभइ राष्ट्र नै अपूर्ण रहन्छ भन्ने कुरालाई सकारात्मक रूपमा लिने गरेको बताउँदै कतारका नेपाली महिलाका हक हितका लागि दूतावास परिवार सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे l
सभापति भण्डारीले महिलाहरूलाई अझै पनि एक सुत्रमा बाध्नु पर्ने बिगतका कार्यकालहरु मा भएका कठिनाईहरु लाई पर गर्दै अहिलेको अबस्थामा सम्म ल्याउदा निकै हम्मे हम्मे परेको बताउदै र अझै पनि सचेतनामूलक कार्यक्रम, सिपमुलक कार्यकमहरु आयोजना गर्न पनि महिलाहरूको उपस्थिति अति न्यून हुने गरेको बताइन् l महिला लाई घरमा मात्र सिमित हैन उसका हरेक हक-अधिकार प्राप्त गर्न आफैबाट जागरण शुरुवात गर्नु पर्ने बताउदै, नेपाली महिला समाज कतार लाई कतारमा रहेका धेरै संघसंस्था र व्यक्तित्वहरूले साथ सहयोग गरेको बताउँदै सबैप्रति कृतज्ञता प्रकट गरिन् l
महाधिवेशनमार्फत महिला समाजले विभिन्न समयमा आयोजना तथा सञ्चालन गरेका अभियान र कार्यक्रमलाई सफल बनाउन विभिन्न तबर बाट साथ सदासहयता पुर्याउने सामाजिक संस्था, सहयोगीहरू र पत्रकारहरूलाई सम्मान गरिएको थियो l समाजले संस्थापक अध्यक्ष रेखा राईसहित सल्लाहकारहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो भने प्रमुख अतिथि ढकाललाई मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो l
महाधिवेशनमा समाजकी महासचिव अर्यालले सहजीकरणसहित २९ महिने लामो कार्यकालको कार्यप्रगति पेस गरेकी थिइन् । माया केसीले स्वागत मन्तव्य राखेको महाधिवेशनमा बार्बि खडका, आरजु राई, दिगिशा लामिछाने, आर्या रेग्मी र सानभि रिजालले स्वागत नृत्य राखेका थिए भने कोषाध्यक्ष सरिता चिलुवालले आयब्यय पेस गरेकी थिइन् । रेस्मी सुनुवार र मनिष गोस्वामीले आफ्नो गायनद्वारा उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए । आरोही थापा, दिया सिंह, प्रग्या न्युरे र समृद्धि सापकोटाले सामूहिक नृत्य पेस गरेका थिए l