शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

डा. दाहालमाथि लगाइएको निलम्बन फुकुवा गर्न चिकित्सक संघको माग

डा. दाहालमाथि लगाइएको निलम्बन फुकुवा गर्न चिकित्सक संघको माग

  • Naveen Sanchar

  • शुक्रबार, पुस २०, २०८०

  • 244
    Views
डा.  दाहालमाथि लगाइएको निलम्बन फुकुवा गर्न चिकित्सक संघको माग

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा काठमाडौँ मेडिकल कलेज (के.एम.सी.)मा अध्ययन गरिरहेका आवाशीय चिकित्सक डा. विशद दाहालमाथि लगाइएको निलम्बन हालसम्म पनि फिर्ता नहुनुले यस नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । संघको आकस्मिक बैठकले तुरुन्त बिना कुनै सर्त निलम्बन फिर्ता लिन तथा चिकित्सा शिक्षा आयोग, काठमाडौ विश्व विद्यालय लगायत सरोकारवालाहरुको कार्यदल बनाई स्वास्थ सिबिर, शैक्षिक गतिबिधी लगायत आवाशीय चिकित्सकहरुले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न माग गर्ने निर्णय गरेको अध्यक्ष डा. अनिल बिक्रम कार्कीले बताउनुभयो । अविलम्ब निलम्बन फिर्ता लिएर अध्ययन अध्यापनका लागि अगाडी नबढाएको खण्डमा आवाशीय चिकित्सकका संघ संस्थाका प्रतिनिधिहरुसंग अझै थप छलफल गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने र यसको जिम्मेवार स्वयम् सरोकारवाला निकाय हुनपर्ने अध्यक्ष डा. कार्कीले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha