बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कतार शाखाले एकल लोकगीत र प्रत्यक्ष लोकदोहोरी प्रतियोगिता गर्ने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कतार शाखाले एकल लोकगीत र प्रत्यक्ष लोकदोहोरी प्रतियोगिता गर्ने

  • Naveen Sanchar

  • मङ्लबार, पुस १७, २०८०

  • 298
    Views
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कतार शाखाले एकल लोकगीत र प्रत्यक्ष लोकदोहोरी प्रतियोगिता गर्ने

-रोशन अर्याल
नवीनसञ्चार, कतार ।

राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान,कतार शाखाले कतारमा रहेका कलाकार सहित नेपालबाट अथिति कलाकार ल्याएर एकल लोकगीत तथा लोकदोहोरी प्रतियोगिता गर्ने भएको छ । गत शुक्रबार एउटै ब्यानरमा छैठौँ वार्षिकोत्सव र सातौँ स्थापना दिवससहित पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरेको थियो ।

संस्थाका अध्यक्ष शिवराम ढकालको सभापतित्व तथा संरक्षक प्रभात त्रिपाठीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मिया, पत्रकार,सामाजिक व्यक्तित्व, बैचारिक, जिल्लागत, जातीय लगायत संस्थाका संस्थापक, संरक्षक, सल्लाहकार, मानार्थ, आजीवन तथा साधारण सदस्य,कलाकारसहित नेपाली गीत संगीत प्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य दिएका थिए । कलाकारद्वारा स्वागत गीत प्रस्तुति गरिएको थियो। कार्यक्रमको सहजीकरण महिला सचिव रेस्मी विस्वकर्माले गरेकी थिइन ।

कार्यक्रममा मन्तव्यको क्रममा बिभिन्न आमन्त्रित व्यक्तित्वबाट नेपाली कला, संस्कृति,गीत संगीत तथा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि प्रतिष्ठानले गरेको पहलको प्रसंशा गर्नु भएको थियो । नेपाली गीत संगीतमा आएका बिकृतिपन लाई नियन्त्रण गरी पूर्व, पश्चिम ( तराईको भेग) देखि हिमालसम्म रहेको लोक संस्कृतिलाई पनि समेट्दै, कतारमा लुकेर रहेका प्रतिभालाई समेत खोजी गरी अगाडि ल्याउनुपर्नेमा जोड दिनु भएको थियो ।
आगामी अप्रिल महिनामा पर्ने ईद उल फितर (ईदको दोस्रो दिन)मा कार्यक्रम गर्ने भनिएता पनि कार्यक्रमको बारेमा स्पष्ट खाका अझै तय हुन बाँकी रहेको र केही दिनभित्रमा नै योजना तयार गरी सूचना प्रकाशित गरिने अध्यक्ष ढकालले जानकारी गराउनु भयो । अपूर्ण तयारीका कारण योजना तथा स्पष्ट खाका तयार गरी पुनः पत्रकार सम्मेलन गर्ने समेत उहाँले जानकारी दिनुभयो । दोहामा रहनु भएका संगीत सिक्न चाहनु हुने सम्पूर्ण कलाकार तथा संगीतप्रेमीका लागि प्रत्येक शुक्रबारका दिन संगीत प्रशिक्षण कक्षा संचालन गरिएको छ। हाल दोहा कतारमा ब्यबसायिक रुपमा बिभिन्न सस्था, बार तथा क्लबहरु मा हरेक हप्ता नेपालबाट कलाकार ल्याएर सांगीतिक कार्यक्रम आयोजना गरिन्छ। राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान,कतार शाखाले संचालनमा ल्याएको संगीत प्रशिक्षणबाट प्रशिक्षित अझै नया तथा निखारिएर कलाकार उत्पादन हुने बताइएको छ। कुनै पनि विधामा पोख्त कलाकार यहीँ उपलब्ध हुने र यसका कारण व्यवसायिक कार्यक्रम आयोजना गर्नका निमित्त पनि सहज हुने सक्ने सम्भावना रहेको अध्यक्ष ढकालले बताउनुभयो।

त्यस्तै प्रमुख अतिथि संरक्षक त्रिपाठीले बोल्दै नेपाली लोक संगीतमा येति शक्ति र गहिराई छ, जस्तो सुकै परिस्थितिमा पनि लोक सङ्गित साथमा रहन्छ। हरेक क्षणमा परिस्थिति अनुसार मनोरंजन,संदेश,उर्जा,प्रेरणा दिएको हुन्छ, यस्तो गरिमामय बोकेको सस्था सबैको लोकप्रिय साझा सस्था रहेको छ, अन्य मुलुकमा पनि शाखा बिस्तार हुदै गरेको बताएका छन्। नेपालको लोक सङ्गित, सङ्गितको जननी रहेको पनि बताएका छन्।

प्रतिष्ठानका अध्यक्ष कार्यक्रमका सभापति ढकालले नेपाली लोक संगीतलाई विसंगतिहरु लाई निरुत्साहित बनाउदै अझै अरु मर्यादित बनाउन पर्ने तथा नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिकपनलाई जोगाउन एकल लोकगीत र प्रत्यक्ष लोकदोहोरी प्रतियोगिता आयोजना गर्न गहिरहेका हुँदा सबैको साथ सहयोगको अपेक्षा गरेको बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha