बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

  • Naveen Sanchar

  • आइतवार, पुस ८, २०८०

  • 1.5K
    Views
गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

केशब घिमिरे अमेरिका :
पौष ८

प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र उन्नयनका लागि गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफामुखि संस्था ” इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए” आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ। गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो। उप्रेतीको नेतृत्वमा रहेको उक्त संस्थामा प्रसिद्ध साहित्यकार एवं गीतकार अनु शाहले उपाध्यक्षको जिम्मेवारी पाउनु भएको छ भने गीतकार नारद रिजालले सचिव भूमिका बहन गर्नुहुनेछ भने गीतकार रमेश लुइँटेलले कोषाध्यक्षको जिम्मेवारी पाएकाछन छन्। बोर्ड अफ डिरेक्टरमा गीतकार डा। राजेश कुमार शाक्य, गीतकार एवं साहित्यकार केशव बैरागी माइलो , गीतकार एवं गायक तिलचन आचार्य, प्रसिद्ध गीतकार सुनिता थापा बस्नेत रहनु भएको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी गराउनुभयो।
चार प्रमुख कार्यकारी समेत रहने गरी जम्मा एघार जनाको बोर्ड अफ डाइरेक्टर रहने उक्त संस्थाको विधानमा उल्लेख गरिएको छ। संस्थालाई अभिभाकत्व प्रदान गर्न तथा संस्थालाई जीवित राख्न प्रमुख संरक्षकमा वरिष्ठ गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई सर्वसम्मत रूपमा संस्थाले चयन गरेको छ। त्यसैगरी अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा लोकप्रिय सञ्चारकर्मी सूर्य चन्द रहनुभएको छ भने नेपाल संयोजकमा म्युजिक भिडियो निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्कीलाई मनोनयन गरिएको छ ।

अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ। त्यसैगरी संस्थालाई भविष्यमा अन्य देशहरू तथा अमेरिकाको विभिन्न राज्यहरूमा पनि शाखा कार्यालय स्थापना गरिने अध्यक्ष हरि उप्रेतीले जानकारी गराउनुभयो।
नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनु , सृजना मार्फत आफ्नो भाषा साहित्यलाई संरक्षण र प्रवर्द्धन गर्दै पुस्तान्तरण गर्ने उदेश्यले संस्थाको स्थापना गरिएको हो ।
जहाँ र जुन देश अनि परिवेशमा रहे पनि आफ्नो संस्कृति र मौलिक पहिचान सर्वोपरि हुन्छ त्यसको संरक्षण भाषाका माध्यमबाट मात्र सम्भव हुने भएकाले यो संस्थाको आवश्यकता रहेको अध्यक्ष उप्रेतीले जानकारी गराउनुभयो। आगामी दिनहरूमा नयाँ सर्जकहरूलाई गीत लेखनमा प्रशिक्षण दिई सृजनाको स्तरलाई वृद्धि गर्ने संस्थागत उद्देश्य रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha