बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

बानेश्वर क्याम्पसमा राष्ट्रिय झण्डा दिवस मनाइयो

बानेश्वर क्याम्पसमा राष्ट्रिय झण्डा दिवस मनाइयो

  • Naveen Sanchar

  • आइतवार, पुस १, २०८०

  • 226
    Views
बानेश्वर क्याम्पसमा राष्ट्रिय झण्डा दिवस मनाइयो

-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा आइतबार राष्ट्रिय झण्डा दिवस मनाइएको छ । सो अवसरमा क्याम्पसका प्राध्यापक र विद्यार्थीले नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर क्याम्पस परिसरमा तस्बिर लिनुभएको थियो । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको क्याम्पस प्रमुख प्रा. डा. घमानसिंह खड्काले बताउनुभयो । राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने समेत उहाँको भनाई छ । वि.सं. २०१९ पुष १ मा  नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा वि.सं. २०७५ पुष १ गतेदेखि दिवस मनाउन शुरु गरिएको हो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha