बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

रियाद सिजन २०२३ आज बाट सुरु नेपालले पनि प्रस्तुति दिने

रियाद सिजन २०२३ आज बाट सुरु नेपालले पनि प्रस्तुति दिने

  • Naveen Sanchar

  • शनिबार, मंसिर २३, २०८०

  • 213
    Views
रियाद सिजन २०२३ आज बाट सुरु नेपालले पनि  प्रस्तुति दिने

नवीनसञ्चार सम्वाददाता

साउदी अरब आज डिसेम्बर १० देखि १२ तारिखसम्म साउदी अरेबियाको रियाद शहरको अलसुवेदी पार्कमा रियाद सिजन २ कार्यक्रममा नेपालीका तर्फबाट पनि सहभागिता तथा प्रस्तुति गरिने भएको छ । समारोहमा नेपालका तर्फबाट गायिका तृष्णा गुरुंग सहित द कोल्याप्स ग्रुप र साउदी अरेबियामा कार्यरत स्थानीय नेपाली कलाकारको प्रस्तुति, नेपालीपन झल्कने संस्कृतिको नृत्य, नेपाली परिकार, विशेष प्रदर्शनी रहनेछ ।
नेपाली कल्चर event मा अन्तरास्ट्रिय झापाली समाजका सचिव तथा उक्त कार्यक्रमका लागि नेपाली टोलीको संयोजन गरिरहेका रवीन गिरी द्वारा उक्त कार्यक्रम संचालन गरिने छ ।उक्त कार्यक्रमको लागि नेपाली राजदुतावासको तर्फबाट नेपाली समुदाय लाई सक्दो सहयोग गर्नु भएको छ र प्रदर्शनमा प्रवेश निःशुल्क रहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha