शनिबार, चैत्र १, २०८१ | March 15, 2025

अलकासिममा श्रमिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

अलकासिममा श्रमिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, मंसिर ९, २०८०

  • 83
    Views
अलकासिममा श्रमिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

-देवी बहादुर कार्की
साउदी अरेबिया । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती, अलकासीमले मिती नोबेम्बर २४ ( २०२३ मा , साउदी अरबको बुरैदा सहरमा नेपालीहरुको महान चाड बडा दशै, शुभदिपावली, छठ पर्व २०८० को शुभकामना आदान प्रदान तथा श्रमिक स्वास्थ्य सचेतना कार्यक्रममा भब्यताका साथ सम्पन्न गरेको छ ।
गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती, अलकासीमका सचिव सिद्धि लाल श्रेष्ठ र सहसचिव श्री बिर बहादुर तामाङ द्वारा संचालित कार्यक्रममा संघका अध्यक्ष श्री कृष्ण अधिकारी ज्युले अध्यक्षता ग्रहण गर्नु भएको थियो भने प्रमुख अतिथिको आसनमा एनआरएनए आईसीसी सदस्य, आरसीसी कलकासिमका संरक्षक तथा नेपाली राजदूतावास रियादका अवैतनिक प्रतिनिधी श्री बिसाल कुमार श्रेष्ठ ज्यु हुनुहुन्थ्यो भने अतिथिहरुमा क्रमस एनआरएनए एनसिसी सचीव तथा आरसीसी सल्लाहाकार श्री ध्रुब कटुवाल ज्यु, एनआरएनए एनसिसी निवर्तमान उपाध्यक्ष तथा एनसीसी साउदी का संरक्षक भक्त राई ज्यु, एनसिसी सदस्य तथा निवर्तमान आरसीसी बरिष्ठ उपाध्यक्ष श्री काजीमान कन्दङ्वा ज्यु, आरसीसी सल्लाहाकार तथा आरसीसी निवर्तमान कोषाध्यक्ष रोहित घिमीरे ज्यु, रहनु भएको थियो ।


दिउसो २ बजे सुरु गरिएको कार्यक्रममा संघका उपाध्यक्ष श्री बिनोद खड्का ज्युले स्वागत मन्तव्य दिनु भएको थियो भने प्रमुख अतिथि ज्युबाट शुभकामना मन्तव्यको साथै नेपाली श्रमिकले साउदी अरबमा श्रम गर्न आउनु पुर्व जान्नु पर्ने र आए पछि जान्नु पर्न महत्वपूर्ण कुराहरु र पालना गर्नु पर्ने नियमहरुको बारेमा प्रस्तुती दिनु भएको थियो भने कार्यक्रमका अतिथि श्री धुर्ब कटुवाल ज्युबाट शुभकामना मन्तव्यको साथमा स्वास्थ्य रहन पालना गर्नु पर्ने महत्वपूर्ण जानकारी हरुको बारेमा प्रस्तुती दिनु भएको थियो। साथै अन्य अतिथि ज्युहरुबाट शुभकामना मन्तव्य राख्नु भएको थियो । यसको साथै ईस्लामीक सेन्टर बुरैदाको तर्फबाट ईस्लामीक गुरु तथा एनआरएनए आरसीसीका प्रवक्ता अली हुसैन मियां ज्यु, संघका युवा संयोजक समिर के।सी ज्यु, र नेपाली युवा कल्बको तर्फबाट टिम कप्तान रमन अर्यालबाट शुभकामना सन्देश दिनु भएको थियो ।
बिभिन्न कम्पनीबाट भेला हुनुभएका दाजुभाई दीदीबहिनीहरुको बिचमा स्थानीय कलाकार द्वारा नृत्य तथा सांगीतिक प्रस्तुती दिनु भएको थियो । जसमा सबिन श्रेष्ठ, अलेक्स तामाङ, विकास तामाङको गीत र कृष्ण सिन्जाली मगरको नृत्यृले हल उपस्थित सबैको ध्यान खिच्न सफल भएको थियो । यसै कार्यक्रममा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती, अल(कासीमले श्रमिक हित कोषका लागी आयोजन गरेको भाग्यशाली चिठ्ठा खोल्ने कार्यक्रम समेत रहेको थियो जसमा प्रथमा पुरस्कार आईफोन ११, दोस्रो पुरस्कार ल्यापटप , तेस्रो पुरस्कार ३२ ईन्च स्मार्ट टिभी र ३० वटा विभिन्न सान्त्वना पुरस्कार रहेको थियो ।


कार्यक्रममा आफ्नो कलाको प्रस्तुती दिनु हुने स्थानीय कलाकारलाई हौसला दिदै संघका अध्यक्ष श्री कृष्ण अधिकारी ज्युले कलाकारहरु तथा कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका खेल्नु हुने व्यक्तित्वहरुलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो साथै उपस्थित सम्पुर्णलाई शुभकामनाका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha