मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

“वार हर्स” अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता पोखरामा

“वार हर्स” अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता पोखरामा

  • Naveen Sanchar

  • शनिबार, मंसिर ९, २०८०

  • 111
    Views
“वार हर्स” अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता पोखरामा

हिमालय एयरबाट करीब १०० जना चिनियाँ खेलाडी तथा अधिकारीहरू पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।

मंसिर ९ गते चिनियाँ तथा नेपाली खेलाडीका बीच हुन गइरहेको “वार हर्स” पोखरा अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताका लागि सो टोली नेपाल अवतरण भएका हुन्। यस प्रतियोगिताको उदेश्य खेलमार्फत नेपालको, सक्रिय र सुमधुर अन्तराष्ट्रिय सम्बन्ध कायम राखिरहनु हो।

आजभन्दा चार वर्ष अगाडि, २०१९मा, पोखरामा चीन र नेपालबीच एउटा क्रस कन्ट्री दौडकाे आयोजना भएको थियो। कोभिडका कारणले रोकिएको यस प्रतियोगितालाई यसै सालदेखि फेरि निरन्तरता दिने योजना भएको हो।

नेपाल पर्यटन विभाग, नेपालका लागि चिनियाँ दूतावास तथा पोखरा नगरपालिकाकाे संयुक्त प्रयासमा यस प्रतियोगिताको आयोजना गरिएको हो।

खेलको माध्यमबाट चीनजस्तो अन्तराष्ट्रिय स्तरमै सबै भन्दा ठूलो बजारमा पोखराकाे पर्यटनलाई प्रवर्धन गर्न सकिन्छ भन्ने यस आयोजनाको मान्यता रहेको खेलका संयोजक विश्व संकर पालीके ज्यूले बताउनुभएको छ। डाँडाकाँडा, सम्म, हिमाल, ताल, जस्ता भौगोलिक मिश्रण भएको पोखरा, दौड जस्तो साहशीक खेलकाे लागि उपयुक्त भएको उहाँले प्रस्ट्याउनु भयो।

एउटा टिममा तीन जना प्रतियोगी हुने यस खेलमा दुई जना पुरुष भए एक जना महिला वा दुई जना महिला भए एक जना पुरुष अनिवार्य रूपमा हुनु पर्दछ। यो प्रतियोगिता विशेष गरी दौड प्रतियोगिता भने पनि सम्पूर्ण खेल दौडमा मात्र सीमित नभएर यस मा साइकल चलाउने र डुङ्गा खियाउने पनि समावेश गरिएको छ। यस हिसाबमा प्रतियोगीले दौडिएर २२ की. मी., साइकल चलाएर १७ कि. मी. र डुङ्गा खियाएर एक कि. मी. गरी जम्मा जम्मी ४० की. मी. पूरा गरेर मात्र यो सामूहिक प्रतियोगिता समाप्त हुने बोर्डले जानकारी गराएको छ।

प्रतियोगितामा सहभागीलाई समूहमा विभाजन गराइनेछ। एउटा समूहमा ३ जनाको दरले प्रतियोगितामा ६० जना सहभागी हुने छन् भने खुल्ला तर्फ ५०० बढी नेपालीले सहभागी हुने नेपाल पर्यटन बोर्डले जानकारी गराएको छ।

साथै, सबै समूह आउन नसक्ने सम्भावना हुँदा प्रतियोगीको लागि ३८ कि. मी. काे क्रस कन्ट्री दौड प्रतियोगिता पनि आयोजना भएको छ जसका निमित्त पनि चीनबाट प्रतियोगीहरू नेपाल झिकाइएका छन्। यस प्रतियगिताकाे लागि काठमाण्डौबाट पनि नेपाली खेलाडीहरु मगाइएको अवस्था छ।

प्रतियोगितामा प्रथम स्थान बनाउन सफल विजेतालाई रु. ३ लाख ६० हजार नगद पुरस्कार, दोस्रोलाई २ लाख ८८ हजार र तेस्रोलाई २लाख १६ हजार, चाउठोलाई १ लाख ४४ हजार र पाँचौं हुन सफल टोलीलाई ९०,००० नगद पुरस्कारकाे व्यवस्था गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha