शनिबार, चैत्र १, २०८१ | March 15, 2025

भूकम्पपीडितलाई ब्लु हर्स इन्टरटेनमेन्ट माल्टाको सहयोग

भूकम्पपीडितलाई ब्लु हर्स इन्टरटेनमेन्ट माल्टाको सहयोग

  • Naveen Sanchar

  • बिहिबार, मंसिर ७, २०८०

  • 150
    Views
भूकम्पपीडितलाई ब्लु हर्स इन्टरटेनमेन्ट माल्टाको सहयोग

छेसाङ लोप्चन ‘असीम’

माल्टा । जाजरकोट जिल्ला अन्तर्गत छेडागाड नगरपालिका वडा नं १० का ६० घरधुरी भुकम्प पीडितलाई ब्लु हर्स इन्टरटेनमेन्ट माल्टा र दक्षिण कोरियाली नेपाली समाजहरुको सहकार्यमा राहत वितरण गरिएको छ । जाजरकोट र रुकुम पश्चिमलाई निकै ठुलो जिउ धनको क्षति पुर्याएको हुदाँ यस विपदको समयमा त्यस क्षेत्रका पिडित परिवारलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले ब्लु हर्स इन्टरटेनमेन्ट माल्टा र हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरिया, ड्रिम मोक्चाङ नेपाली चर्च दक्षिण कोरियाको सहकार्यमा मङ्सिर ६ गतेका दिन जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समिति जाजरकोट अन्तर्गत छेडागाड नगरपालिका वडा नं १० का ६० घरधुरी भुकम्प प्रभावित परिवारलाई करिब ३ लाख ५० हजार बराबरको आधारभूत आवश्यकता राहत सामाग्री वितरण गरिएको हो । त्यस क्षेत्रमा ६० थान त्रिपाल, ६० थान फाईबर सिरग र ६० वटा म्याड वितरण गरिएको हो। दक्षिण कोरिया अवस्थित दिपक किरण रावत र गणेश रावत सगँको सयुक्त पहलमा “भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्था नभएका पिडितहरुलाई स्थानीय प्रशासन सँग समन्वय गर्दै राहत वितरण गरेको र भविष्यमा पनि सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुर्याउने ब्लु हर्स इन्टरटेनमेन्टका‌ सचिव अमर रावतले बताए। यो सहयोगले यस प्रकोपले दुखमा परेका पिडितहरुलाई राहत मिलेको र यस राहत सामाग्री सहयोग प्रति पिडितहरु आभारी भएर धन्यवाद दिएको ब्लु हर्स इन्टरटेनमेन्ट जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha