शुक्रबार, साउन १, २०८३ | July 17, 2026

भूकम्पपीडितलाई साबुन र टुथपेष्ट सहयोग

भूकम्पपीडितलाई साबुन र टुथपेष्ट सहयोग

  • Naveen Sanchar

  • आइतवार, कार्तिक २६, २०८०

  • 196
    Views
भूकम्पपीडितलाई साबुन र टुथपेष्ट सहयोग

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । भूकम्पपीडिका लागि राहत स्वरुप लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ जी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ रेडियन्स तथा लायन्स क्लब अफ बनेपा, काभ्रेको पहलमा नेपाल चिकित्सक संघलाई के ग्रिन हर्बल द्वारा साबुन र टुथपेष्ट सहयोगस्वरुप हस्तान्तरण गरिएको छ ।चिकित्सक संघको कार्यालयमा आयोजित एक समारोहबीच संघका महासचिव डा. सञ्जीव तिवारीलाई ग्रिन हर्बलका प्रमुख कार्यकारी अधिकृत महेन्द्रलाल श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
समारोहमा महासचिव डा. तिवारीले संघलाई भारतीय राजदूतावासबाट १६ करोड बराबरको सहयोग प्राप्त भएको र उक्त सामग्री भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा छिटै पठाइने जानकारी दिनुभयो । हर्बलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आगामी दिनमा पनि संघका असल कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।सो अवसरमा संघका केन्द्रीय सदस्य डा. तेज्सुसिंह मल्लले प्राकृतिक प्रकोपका समयमा संक्रमणको जोखिम बढी हुने बताउँदै सरसफाइमा विशेष ध्यान दिन र प्राप्त साबुन तथा टुथपेष्टको सही सदुपयोग गर्न सुझाव दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha