
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । ११५ औँ लक्ष्मीजयन्तीको अवसरमा अमेरिकाको हेरिस्बर्गस्थित त्रिवेणी साहित्य मञ्चले विविध कार्यक्रमका आयोजना गर्ने जनाएको छ । स्थानीय ओएचआरसी भवनमा आगामी ५ नोभेम्बर दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी भइदिन आयोजकद्वारा साहित्यप्रेमीमा अनुरोध गरिएको छ ।