साउदी अरबमा एनआरएनए आरसीसी अभा खमिस -जिजान अध्यक्ष शंकर पौडेलबाट टीका प्रदान
साउदी अरबमा एनआरएनए आरसीसी अभा खमिस -जिजान अध्यक्ष शंकर पौडेलबाट टीका प्रदान
Naveen Sanchar
बुधबार, कार्तिक ८, २०८०
278
Views
नवीनसञ्चार सम्वाददाता
साउदी अरब । नेपालीहरुको महान चाड दशैमा गैरआवासीय नेपाली संघ, अभा खमिस -जिजान क्षेत्रीय समन्वय समितिका अध्यक्ष शंकर पौडेलद्वारा नेपाली दाजु भाइ र दिदि बहिनीहरु लाइ टिका, जमरा र दक्षिणा प्रदान गर्नु भयो ।
देशको परिस्थिति, घर परिवारको पालन पोषण र आर्थिक सम्रिद्दीको लागि आफ्नै देशमा पर्याप्त रोजगारी र ब्यापार व्यावसायको सहज परिस्थिति नहुदा अहिले दिनहु हजारौको संख्यामा बिदेशिनु बाध्य नेपालीले प्रवाशमा पनि दशैको अनुभूति होस् र घर परिवार र आफन्त बाट टाढा भएको महसुस कम गर्न सहयोग हुने भनि गरिएको हो । टिका लागाउनैको लागि भनेर टाढा टाढा बाट पनि धेरै नेपाली जम्मा हुनु भएको कार्यक्रममा सबैजना हर्सोल्लासमय देखिन्थे । टिका पश्चात गोर्खा रेस्टुरेन्टको तर्फ बाट भोजनको पनि व्यवस्था गरिएको थियो ।