शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

एनआरएनए मध्यपूर्व संयोजक श्री राजेन्द्र अर्यालज्यूद्वारा हार्दिक आभार

एनआरएनए मध्यपूर्व संयोजक श्री राजेन्द्र अर्यालज्यूद्वारा हार्दिक आभार

  • Naveen Sanchar

  • सोमवार, कार्तिक ६, २०८०

  • 208
    Views
एनआरएनए मध्यपूर्व संयोजक श्री राजेन्द्र अर्यालज्यूद्वारा हार्दिक आभार

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य क्षेत्र मध्यपूर्व बाट गैरआवसिय नेपाली संघको २०२३-२०२५ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजकमा म निर्वाचित हुनुमा आफ्नो अमूल्य मत दिनुभई निर्वाचित गराउनु हुने आदरणीय महाधिवेशन प्रतिनिधि ज्युहरू, यस अभियानमा अहोरात्र खट्नु भई समन्वयात्मक भुमिका निभाउनु भएका मध्यपुर्वका राष्ट्रिय समन्वय परिषदहरू तथा पदाधिकारी ज्युहरू, अग्रज ज्युहरू र मित्रहरू एवम् शुभचिन्तक आत्मिय साथिहरुको अहम भुमिका र योगदान रहेकोछ। यस उपलब्धिका निमित्त खट्नुहुने यहाँहरू सबै कृतज्ञताका पात्र हुनुहुन्छ । यहाँहरूको साथ, सहयोग र समर्थनको लागी सदैव कृतज्ञ रहने छु । यहाँहरू बाट पाएको अपार साथ, सहयोग र विश्वासले मलाई श्रमिक हक र हितका लागी काम गर्न थप प्रेरणा र उत्साह मिलेको छ । विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महादिवेशनमा भाग लिनुहुने अग्रजहरु, महाधिवेशन प्रतिनिधिहरू साथै सम्पूर्ण शुभचिन्तक मित्रहरुमा धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछु।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha