शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

युकेमा सयपत्रीको नेपाली भाषा कक्षा र नेपाली नृत्य कक्षा

युकेमा सयपत्रीको नेपाली भाषा कक्षा र नेपाली नृत्य कक्षा

  • Naveen Sanchar

  • आइतवार, कार्तिक ५, २०८०

  • 147
    Views
युकेमा सयपत्रीको नेपाली भाषा कक्षा र नेपाली नृत्य कक्षा
“हाम्रा बालबालिकाहरुले नेपाली भाषा र सँस्कृति जान्दैनन् र बुझ्दैनन् भने भविष्यमा उनीहरूमा नेपालीपन रहला र ?”
सयपत्री नेपाली सांस्कृतिक समुह यु के को नेपाली भाषा कला संस्कृतिको जगेर्ना गर्दै नयाँ पिँढीमा हस्तान्तरण गर्ने उद्देश्य ले वोकिङ मा संचालन गर्दै आएको नेपाली भाषा कक्षा र नेपाली नृत्य कक्षा मा साना साना बाबू नानी हरुको सहभागिता र समर्पित अविभावक हरु देख्दा हामीलाई अझै हौसला बढेको छ । यसमा नेपाली भाषा कक्षा उद्घाटनमा नेपाली राजदूतावास लण्डनको त्रफ बाट उपस्थित भै हामीलाई हौसला प्रदान गर्नुहुने द्वितीय सचिव रामबाबु नेपाल ज्यू लाई हार्दिक धन्यवाद दिन चाहन्छौं।
नेपाली भाषा कक्षा को लागि पूर्णरुपमा समर्पित भै दैनिक पाठ योजना बनाउने देखि विध्यार्धी अविभावक लाई दुवै कक्षामा सम्पर्क र समन्वय गर्नु हुने यसै सँस्था का सचिव डा दीपक जि सी ज्यू लाई विशेष हार्दिक धन्यवाद दिन चाहन्छु। साथै समर्पित रुपमा नृत्य गराउँदै आउनु भएकी dance teacher founder member श्रीमती कविता गुरुङ, र नेपाली भाषा कक्षा पढाउँदै आउनु भएका श्रीमती ममता कोइराला, श्रीमती विमला पौडेल र सुश्री समीक्षा हमाल लाई सयपत्री नेपाली सांस्कृतिक समुह र मा मेरो त्रफ बाट हार्दिक धन्यवाद प्रकट गर्दछु। साथै नेपाली वर्णमाला नि शुल्क उपलब्ध गराउनु हुने कार्यसमिति सदस्य श्री विवेक बोहरा ज्यू ब्यानर लेखेर सहयोग गर्नुहुने श्री सागर खत्री ज्यू लाई हार्दिक धन्यवाद दिन चाहन्छु साथै यस महान कार्यमा आ आफ्नो ठाउँबाट समर्पित भई कार्य गर्नुहुने उपाध्यक्ष महासचिव कोषाध्यक्ष, सदस्य ज्यूहरु र ट्रष्टि ज्यू हरू र सबै शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यसरी नै भविष्यमा यहाहरु सबैको यो अभियानमा साथ र सहयोग रहनेछ भन्ने आसा गरेको छु। यो अभियान सयपत्री को न भई हजुरहरू आफ्नै अभियान हो । धन्यबाद तथास्तु ।
डम्बर सिंह
अध्यक्ष
सयपत्री नेपाली सांस्कृतिक समुह युके


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha