
नवीनसञ्चार सम्वाददाता
साउदी अरब । गैर आवासीय नेपाली संघ(एनआरएनए) को ११ औँ अधिवेशनबाट आगामी २०२३–२०२५ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा राजेन्द्र अर्याल विजयी हुनुभएको छ । काठमाडौँको होटल सोल्टीमा सम्पन्न निर्वाचनमा अर्यालले ५९२ मत सहित निर्वाचित हुनुभएको हो । अर्यालका निकटम प्रतिस्पर्धी कतारका केबी हमाल २६२ ल्याई पराजित हुनुभएको छ । गैरआवासीय नेपालीको सुखदुःखमा साथ दिँदै आउनुभएका एनआरएन अभियन्ता अर्यालले साउदी अरेबियाबाट प्रतिनिधित्व गर्नुभएको थियो। नवनिर्वाचित संयोजक अर्यालले मध्यपूर्वका नेपाली श्रमिकको हकहितको लागि राहत र उद्दार कार्यमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।