बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

दशैँमा ‘आन्टीकी छोरी’ले दर्शकलाई मनोरञ्जन दिने

दशैँमा ‘आन्टीकी छोरी’ले दर्शकलाई मनोरञ्जन दिने

  • Naveen Sanchar

  • सोमवार, अशोज २९, २०८०

  • 152
    Views
दशैँमा ‘आन्टीकी छोरी’ले दर्शकलाई मनोरञ्जन दिने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन क्रुजको टिममा देखिदै आएकी एञ्जल सामाजिक सञ्जालमा चर्चित छिन् । आन्टीको मुख्य पात्रमा लक्ष्मी जोशीले अभिनय गरेकी छिन् । भने उनलाई अमिका क्षेत्रीले साथ दिएकी छन् ।

घटस्थापनाको दिन सार्वजनिक गीतको लेखक र संगीतकार समेत उनी आफै हुन् । मायुलको यो पहिलो सार्वजनिक गीत हो । बहुचर्चित लोकदोहोरी गीत ‘झम्के फुली’, ‘दमौलीमा गेट’, ‘चागुँनारायण थान’, ‘कोठी गालैमा’ जस्ता लोकप्रिय गीतका गायक घमेश दुलाल मायुलका बुबा हुन् । गायिका सुनिता सुनिता दुलाल उनको फुपु हुन । पारिवारिक वातावरण लोक गीतसंगीतमय भएपनि उनको झुकाव भने -याप, आर एन्ड बी, एस्थेटिकमा छ ।  सुरु–सुरुमा लोकगीत गाउन मन भएपनि आफ्नो स्वर अन्य विधाका गीतका लागि उपयुक्त हुने ठानेको उनी बताउँछन् ।

राइज मिडिया नेटवर्कको प्रस्तुति आन्टीकी छोरीको कार्यकारी निर्देशक सुब्रत आचार्य हुन् । भिडियोलाई साइब्रत आचार्यले निर्देशन गरेका हुन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोको सम्पादन सिमोन लामा (किरण), कलर बिजेश पौडेल र कोरियोग्राफी सम्पन्नता विन्दिकारले गरेकी हुन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha