शुक्रबार, मंसिर १५, २०८० | December 1, 2023

शिव सस्मितको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “कुरैकुराको खेती” सार्वजनिक

शिव सस्मितको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “कुरैकुराको खेती” सार्वजनिक

  • Naveen Sanchar

  • सोमवार, अशोज २२, २०८०

  • 116
    Views
शिव सस्मितको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “कुरैकुराको खेती” सार्वजनिक

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह “कुरैकुराको खेती” को एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको अनलाइन विमोचन समारोहमा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशिल सिस्नुपानी नेपाल तथा फित्कौली अनलाइन पत्रिकाका संस्थापक नरनाथ लुर्इंटेलको प्रमुख आतिथ्यता थियो ।

प्रमुख अतिथि लुईटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव अर्यालपछि सुस्ताएर गएको अवस्थामा सस्मितको कुरैकुराको खेती नयाँ प्राप्त भएको टिप्पणी गरे । अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोसफलको साहित्यलाई हेर्ने दृष्टिकोणलाई लक्षित गर्दै भने– “हाम्रो साहित्यले अन्धराष्ट्रबाद मात्रै लेख्नुहुँदैन, साँघुरो पक्षलाई मात्रै हेर्नुहुँदैन । हामी कुनाकाप्चामा भए पनि आकाश छुन सकिन्छ ।” सर्जक र साहित्यकारको विचार उच्च हुनुपर्ने भन्दै प्रसिद्ध साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायुक्त हास्यव्यङ्ग्यकारका रूपमा चित्रित गरे । उनले लेखकलाई लक्षित गर्दै म्याथको विषयवस्तुलाई अन्तरग्रह्य तहमा अध्ययन गरेर त्यसलाई अगाडि पस्किन सक्यो भने पाठकलाई नयाँ चिजहरु दिन सक्ने ठोकुवा समेत गरे । पेसाले मावि तहका कुशल गणित शिक्षक सस्मितको “कुरैकुराको खेती” पाँचौँ कृति हो ।

यस अघि धुमिल आकाश (शैक्षिक उपन्यास) विलोकन मुक्तकसङ्ग्रह, बहाव गजलसङ्ग्रह, र डायरीमा टाउकेहरू हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशाति भएका छन् । समीक्षक रामप्रसाद सुवेदीले पुस्तकको समीक्षा गर्दै “कुरैकुराको खेती” उत्कृष्ट कृतिको रूपमा आएको बताए । समीक्षक सुवेदीले भाषाशैली अलङ्कारयुक्त, काव्यात्मक, सरस र स्पष्ट अभिव्यक्ति निबन्धको सबल पक्ष भएको लघु आकारको बिसङ्गति विरुद्धको विद्रोहको रूपमा “कुरैकुराको खेती” आएको बताए । लेखकीय भनाइ राख्दै सस्मितले आफू भाषा साहित्यको विद्यार्थी नभएको भएपनि समाजका सामाजिक, राजनीतिक, शौक्षिक बेथिति विसङ्गतिले आपूmलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा विक्षिप्त बनाएपछि कृति जन्मिएको कुरा बताए । उनले निबन्ध सङ्ग्रह समाजिक विकृति र विसङ्गतिहरूको विभिन्न समयका देखाइ र भोगाइ भएको बताए । “मैले समाजमा जे देखेँ त्यही लेखेँ । आफ्नै शैलीमा लेखेँ । यस सङ्ग्रहमा भएका निबन्धका शीर्षकबाट अन्य हास्यव्यङ्ग्यकारहरूले आफ्नै दृष्टिकोण र शैलीबाट थुप्रै निबन्धहरू तयार गर्न सक्छन् ।” लेखकीय मन्तव्यका क्रममा सस्मितले भने । विमोचन समारोहमा सहभागी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति, विशिष्ट अतिथि सूर्य खड्का ‘विखर्ची’, प्रसिद्ध साहित्यकार प्रा.डा षडानन्द पौडेल, विनेसामका केन्द्रीय सचिव तथा नेपाल अध्यक्ष कल्पना पौडेल, जिज्ञासु, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपति बश्याल, प्रकाशक केशव

पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । विनेसाम गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आरती आचार्यको स्वागत र कार्यक्रमको सञ्चालन सचिव प्रेम थापा ‘मन’ले गरेका थिए । अनलाइन मोडमा सञ्चालन भएको उक्त कार्यक्रममा संसारभर भएका प्रसिद्ध लेखक, साहित्यकार, कवि, पत्रकार तथा विनेसामका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2023 and all right reserved to Naveen Sanchar Griha