
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको अनुरोध गरेको छ । कार्यालयले एक्सरे मेसिनमा हेर्दा शंकास्पद देखिने भएकोले इमर्जेन्सी लाइट, पानी तान्ने पम्प, पावरबैंक, हेयर ड्रायर र मिक्स्चर विदेशबाट नल्याउन आग्रह गरेको हो । जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपरेको भन्दै सेवाग्राहीलाई क्षति भएकोले सो अनुरोध गरिएको कार्यालयले जनाएको छ ।