बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

टेलिसिरियल ‘सीता’मा नायिका सुनिशा बजगाईँको सशक्त अभिनय

टेलिसिरियल ‘सीता’मा नायिका सुनिशा बजगाईँको सशक्त अभिनय

  • Naveen Sanchar

  • बुधबार, अशोज १०, २०८०

  • 415
    Views
टेलिसिरियल ‘सीता’मा नायिका सुनिशा बजगाईँको सशक्त अभिनय

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’मा नायिकाको भूमिकामा सुनिशा बजगाईँले सशक्त अभिनय गर्नुभएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको छ । गरिबीको पीडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलीको अवस्था र सामाजिक समस्यालाई सिरियलमा मुख्य रुपमा उठान गरिएको सियिलमा बालकृष्ण ओलीले सीताको जड्याँहा पतिको भूमिका निर्वाह गर्नुभएको छ । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको भूमिका देख्न सकिन्छ । सिरियलमा लेखक तथा निर्देशक प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha