सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

नागार्जुन नगरपालिकाको सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट हुने

नागार्जुन नगरपालिकाको सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट हुने

  • Naveen Sanchar

  • बुधबार, अशोज १०, २०८०

  • 219
    Views
नागार्जुन नगरपालिकाको सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट हुने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नागार्जुन नगरपालिकाको सेवाप्रवाह नागार्जुन ५ हरिसिद्धिस्थित आफ्नै नवनिर्मित भवनबाट हुने भएको छ । नागार्जुन नगरवासीले नगरपालिकाको सुविधासम्पन्न नवनिर्मित भवनबाट सम्पूर्ण प्रशासनिक सेवा प्राप्त गर्न सक्ने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन बहादुर बस्नेत र उप प्रमुख सुशीला अधिकारी नवनिर्मित भवनको गृहप्रवेशमा सहभागी हुनुभएको छ । सो अवसरमा नगर प्रवक्त तथा नागार्जुन नगरपालिका, वडा नं. ५ का वडाध्यक्ष महेश रिमालसहित विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी लगायत नगरका सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो । लामो समयदेखि भाडाका भवनमा सञ्चालन हुँदै आएको नगरपालिकाका काम कार्वाही आफ्नै स्वामित्वमा रहेको भवनबाट हुने भएपछि नगरवासी, जनप्रतिनिधि र कर्मचारी खुशी भएका छन् । यसबाट नगरको सेवाप्रवाह थप सहज र प्रभावकारी हुने नगरप्रमुख बस्नेतले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha