बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

एनआरएनए माल्टाका अध्यक्ष खनालद्वारा रोजगार समस्याबारे नेपाल सरकारको ध्यानाकर्षण

एनआरएनए माल्टाका अध्यक्ष खनालद्वारा रोजगार समस्याबारे नेपाल सरकारको ध्यानाकर्षण

  • Naveen Sanchar

  • बिहिबार, अशोज ४, २०८०

  • 429
    Views
एनआरएनए माल्टाका अध्यक्ष खनालद्वारा रोजगार समस्याबारे नेपाल सरकारको ध्यानाकर्षण

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघ,माल्टाका अध्यक्ष रेमलाल खनालले नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी र वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालसँग भेटघाट गर्नु भएको छ । उक्त भेटघाटमा अध्यक्ष खनालले माल्टामा रहेका नेपालीले भोग्नु परेका रोजगार सम्बन्धी समस्या एवं माल्टा सरकारले परिवर्तन गरेका केही नियम कानून र अवस्थाबारे जानकारी गराउनु भएको थियो । साथै नक्कली भिसा , नक्कली कागजात ,नक्कली वर्क परमिट र नक्कली डिमान्डको बारेमा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराउनु भएको थियो । बैदेशिक रोजगारीको क्रममा ठगिनु भएका नेपालीको तत्काल उद्दार हुनु पर्ने, पीडितले यथाशीघ्र न्याय पाउनु पर्ने र ठगीधन्दा चलाउनेलाई कार्वाहीको दायरामा ल्याउन मन्त्रालयको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो। नेपाल भ्रमणका क्रममा भएको उक्त भेटघाटका अवसरमा उहाँले वैदेशिक रोजगारमा जानुअघि सम्बन्धित देशको बारेमा जानकारी, भाषा सीप, लगायतका विषयमा नेपाल सरकार ,श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागले सञ्चालन गर्दै आएका कार्यक्रमलाई थप प्रभावकारी बनाउन समेत अनुरोध गर्नुभएको थियो ।

=====================PLEASE FEEL FREE TO CONTACT US==========


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha