शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

एनआरएनए उपमहासचिवमा सोम सापकोटाको दावेदारी

एनआरएनए उपमहासचिवमा सोम सापकोटाको दावेदारी

  • Naveen Sanchar

  • बुधबार, अशोज ३, २०८०

  • 278
    Views
एनआरएनए उपमहासचिवमा सोम सापकोटाको दावेदारी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । विगत लामो समयदेखि गैरआवासीय नेपालीको हकहितका लागि क्रियाशील गैरआवासीय नेपाली संघ(एनआरएनए) प्रवक्ता सोम सापकोटाले संघको कार्तिक २ गते काठमाडौँमा हुने निर्वाचनमा उपमहासचिव पदको दाबेदारी घोषणा गर्नुभएको छ । एनआरएनए अभियानमा सापकोटा एक सक्रिय अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । गैरआवासीय नेपालीको सहयोगमा नेपालको पर्यटन प्रवर्द्धन, गरिबी निवारण, शिक्षा तथा विज्ञान प्रविधिको विकास, रोजगारी सृजना लगायतका क्षेत्रमा कार्य गर्दै आउनुभएका सापकोटा अझै सशक्त ढंगले सक्रिय रहन उम्मेद्वारी दिने बताउनुभयो । सापकोटा सन् २००६ मा पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको सदस्यका रुपमा एनआरएनए अभियानमा आबद्ध हुनुभएको थियो । उहाँ यसअघि एनआरएनए केन्द्रीय सदस्य, आइसीसी सहकोषाध्यक्ष र युरोप कोषाध्यक्ष रहिसक्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha