शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

एनआरएनए निर्वाचन कार्तिक २ गते ७४ पदका लागि हुने

एनआरएनए निर्वाचन कार्तिक २ गते ७४ पदका लागि हुने

  • Naveen Sanchar

  • बुधबार, अशोज ३, २०८०

  • 872
    Views
एनआरएनए निर्वाचन कार्तिक २ गते ७४ पदका लागि हुने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए), निर्वाचन समितिको कार्यालयले आगामी कार्तिक २ गते (तदनुसार अक्टोबर १९) मा ७४ पदाधिकारीको निर्वाचन हुने जनाएको छ । आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा आयोजना हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत उक्त निर्वाचन सञ्चालन हुने संघले एक सूचना सार्वजनिक गरी जानकारी दिएको हो ।
निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १, महिला संयोजक १ र युवा संयोजक १ रहनेछन् । त्यसैगरी क्षेत्रीय संयोजक, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय महिला उपसंयोजक, क्षेत्रीय युवा संयोजक र क्षेत्रीय युवा उपसंयोजक ६/६, क्षेत्रीय उपसंयोजक १७ र दोश्रो पुस्ताका गैरआवासीय नेपाली १ का लागि निर्वाचन हुने संघद्वारा जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

Election-Notice-No.-1

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha