
साउदी अरब । साउदी अरबको रियादबाट बेपत्ता घानेन्द्र सुबेदी एक्जिट १९ मा सकुशल भेटिनुभएको छ । बुधबार साँझ ६ बजे १९ नम्बरको रबिया हस्पिटलको छेउमा एक पाकिस्तानी रेस्टुरेन्टमा काम गर्ने नेपालीले सुबेदीको बारेमा जानकारी दिएका थिए। झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापा र सहकोषाध्यक्ष सुजन घिमिरेले भेटेर, खाना खुवाएर उहाँको कम्पनीमा पु-याएको जानकारी दिनुभयो । लगातार आठ दिन अलकासिमबाट रियादको लेक, पार्क, खाम्सा, दुबै मार्केट् रेड्सन मज्जा लगायतका क्षेत्रमा व्यापक खोजी गरेको सहकोषाध्यक्ष घिमिरेले बताउनुभयो । उहाँका अनुसार सुबेदीलाई नेपाल फिर्ता पठाउने सम्बन्धमा सरसल्लाह भइरहेको छ ।